नेभिगेशन
सबै कुरा
आरती साह मृत्यु प्रकरण :

धनुषा प्रहरी प्रमुखको जिम्मेवारी खोसे सँगै आरतीका आफन्तलाई वार्तामा आउन गृह मन्त्रालयको पत्राचार

गृह मन्त्रालयले मृतक आरती शाहका आफन्तलाई वार्ताका लागि बोलाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत जेठ ७ गते धनुषामा आफ्नै घरमा मृत भेटिएकी आरती शाहको न्यायका लागि प्रहरी गुहारेका उनका परिवारमाथि प्रहरीले दमन गरेको भन्दै उनीहरु विगत ५ महिनायता काठमाडौँको माइतिघरमा आन्दोलनरत छन् । 

Ncell
Extreme Energy

आफूहरुका मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार १ गतेदेखि आरतीका बाबु, आमा र बहिनी माइतीघर मण्डलमा धर्नामा बसेका छन्। उनीहरुले आफूहरुन्याय माग्न जाँदा धनुषा प्रहरी प्रमुख विश्वराज खड्काद्वारा कुटपिट गरिएको बताउँदै आएका थिए । उनै एसपी विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानेर मन्त्रालयले वार्ताका लागि आरतीका आफन्तलाई बोलाएको छ । 

आरतीका बाबु विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको छ ।

माइती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन्। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।