नेभिगेशन
सबै कुरा

भूकम्पमा बाँचेकालाई झन् बाँच्नै गार्हो, ५ दिनसम्म राहत पाउने आशमा आहत मात्रै

६.४ को भुकम्प र त्यसपछि निरन्तर आइरहेका पराकम्पले जाजरकोट र रुकुम पश्चिमा ठडिएको सिंगो घर बिरलै बाँकी राखेको छ । जाजरकोटमा करिब २ हजार घरमा पुर्ण क्षति भएको भनिएपनि ८ हजार घर ढल्न मात्रै बाँकी छन् । 


आंशिक क्षति भनिएका घरमा पस्न सक्ने अवस्था छैन । ढलेका घरमा १५३ जनाले ज्यान गुमाएका मात्रै छैनन्, खाद्यान्नदेखि लत्ता कपडा सबै पुरिएर बाँचेकाहरु बाँच्नै संघर्ष गरिरहेका छन् । राहत त्यहाँ मात्रै पुगेका छ, जहाँ पालिका र वडाको केन्द्रसम्म सडक पुगेको छ । 

अहिले सुर्खेत, नेपालगञ्जबाट कर्णाली प्रवेश गर्ने छिन्चु हुँदै अघि बढेका अधिकांस ट्रकमा राहतको ब्यानर झुण्डिएको छ । भुकम्पले तहसनहस बनाएका कतिपय बस्तीमा अहिलेसम्म पाल पुगेको छैन । मानवीय क्षति भएको ठाँउमा केही ध्यान पुगेपनी भौतिक क्षति मात्रै भएका गाँउ ओझेलमा परेका छन् । तर ति ठाँउका मानिस पनि घर बस्न सक्ने अवस्थामा छैनन । 

जाजरकोटको नलगाड नगरपालिका १ चिउरीका अधिकांस घर ढलेका छन् । यहाँ एकै घरका ४ जना सहित १३ जनाले ज्यान गुमाएका छन्  । खण्डहर बनेको बस्तीमा बाँचेकाहरु अहिले भत्किएका घरबाट माटोमा पुरिएको खाद्यान खोतलिरहेका छन् । घरसँगै गोठ शौचालय पनि ढलेका छन् । चिसो बारीमा पराल बिछ्याएका उनीहरु खुल्ला आकाश मुनी शौच गर्न बाध्य छन् । 

सामुहिक चुलो बाल्न थालेका उनीहरुसँग राहातमा आउने एक दुई बोरा चामल एक छाक दुई छाकमा सकिन्छ । दलित समुदायको बाहुल्य रहेको बस्तीमा वृद्धबृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् । तर राहतको नाममा चामल र पाल मात्रै सोच्दै गर्दा शौचालयदेखि खानेपानी र औषधिको अभाव छ । सबै कपडा घरमा च्यापिएपछि शुक्रबार सुत्ने बेलाको एक सरोमा उनिहरुले ५ दिन बिताइसकेका छन् । बाँडिएको राहतमा पातला कम्बल बाहेक अन्य कपडा छैनन् । यहाँको दृश्य देख्दा लाग्छ, भूकम्पमा बाँचेकाहरु खुल्ला आकाशमुनी भोको पेटले रोगब्याधी र चिसोसँग कसरी लड्न सक्लान ?

परिवारका सदस्य गुमाएकाहरु अहिले खुल्ला आकाशमुनी क्रियाकर्म गरिरहेका छन् । घर भित्रै ज्यान गुमाएका आफन्तको शव निकालेकाले ठाँउ हेर्दै भक्कानिनु शिवाल उनिहरुसँग अन्य विकल्प छैन । कोही १३ गर्नुपर्र्नेे क्रियाकर्म छोट्याएर राहत खोज्दै हिड्न बाध्य छन् । जाजरकोट र रुकुम पश्चिमका गाँउ गाँउ पुग्दा आफन्त गुमाएकाहरु भन्छन्, बरु हामीलाई पनि भुकम्पले लगिदिएको भए हुन्थ्यो । 

नभनुन् पनि किन, सँगै सिरानीमा निदाएका आफन्त गुमाएका छन्, जिन्दगीका दुखः सुख ओत लाग्ने घर अहिले खण्डहर बनेर तर्साइरहेको छ । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका एकै घरमा ५ जनाले ज्यान गुमाए । २७ जनाले ज्यान गुमाएको यो वडामा सोमबार दिउँसोसम्म राहत बोकेर कोही पुगेको थिएनन् । भत्किएका घरबाट शव र घाइतेहरुलाई निकाले पनि अरु सबै पुरिएको छ । 

यो गाँउमा पुग्ने सडक सहज छैन । ट्याक्टर मात्रै पुग्ने बाटोमा राहत बोकेर तिनै ट्याक्टर पनि पुगेका छैनन् । स्थानीयहरुले बरु भारतमा भएका आफन्तहरुलाई राहत उठाएर पठाउन गुहारिरहेका छन् । 

बल्ल बल्ल पुग्ने पाल र पातला कम्बलमा पनि राजनीतिक दलका नेता कार्यकर्ताले  मान्छे छुट्याउन लागेको गुनासो गर्छन् । 

एकद्धार प्रणाली लागू भएको राहत वितरण प्रभावकारी नभएको स्पष्ट छ । भुकम्पपछि घाइतेको उद्धार र उपचारमा प्रभावकारी काम गरेको प्रशासन राहत वितरणमा चुकेको छ । पाल, पातला कम्बल, चाउचाउ बिस्कुट र चामल थुप्रिएका पनि पुर्वाधार, जनशक्तीको अभाव देखाएर राहत वितरण प्रभावकारी भएको छैन । औषधिजन्य सामग्रीसहित, पानी सुद्दीकरणका लागि आवश्यक उपकरण तथा केमिकल पुगेका छैनन् । सरसफाइका सामग्री पुगेका छैनन् । भूकम्पमा १५३ जनाले ज्यान गुमाए पनि भूकम्प प्रभावित क्षेत्रमा बाँचेकाहरु मुस्किलले बाँचीरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

दुइ जना केटाहरु पल्सर कम्पनीको मोटर साइकलमा हिड्छन् । सुन लगाएको महिला, अली भरिलो झोला बोकेको महिला, पुरुष, एकल तथा बृद्ध महिला पुरुष जो देखेपनि उनीहरु पछाडीबाट पिछा...
रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

रविकै नेतृत्वमा कुलमान सहितको रास्वपा ! स्वर्णिम र कुलमानको मध्यरात ३ घण्टा बार्तामा के–के भयो ?

बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रास्वपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिँदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रास्वपाका एक जिम्मेवार नेताले सिधाकुरालाई बताए । जेनजी...
देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण
‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘श्रीमति बचाउनु छ, मिल्ने भए मृगौला बेच्ने थिएँ’

‘मिल्ने भए मेरो मृगौला बेचेर भए पनि उपचार गर्ने थिएँ श्रीमतिको । केही वर्ष भए पनि उसलाई बचाउन मन छ मलाई’ खड्केले भने ।