नेभिगेशन
सबै कुरा

भूकम्पमा बाँचेकालाई झन् बाँच्नै गार्हो, ५ दिनसम्म राहत पाउने आशमा आहत मात्रै

६.४ को भुकम्प र त्यसपछि निरन्तर आइरहेका पराकम्पले जाजरकोट र रुकुम पश्चिमा ठडिएको सिंगो घर बिरलै बाँकी राखेको छ । जाजरकोटमा करिब २ हजार घरमा पुर्ण क्षति भएको भनिएपनि ८ हजार घर ढल्न मात्रै बाँकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

आंशिक क्षति भनिएका घरमा पस्न सक्ने अवस्था छैन । ढलेका घरमा १५३ जनाले ज्यान गुमाएका मात्रै छैनन्, खाद्यान्नदेखि लत्ता कपडा सबै पुरिएर बाँचेकाहरु बाँच्नै संघर्ष गरिरहेका छन् । राहत त्यहाँ मात्रै पुगेका छ, जहाँ पालिका र वडाको केन्द्रसम्म सडक पुगेको छ । 

अहिले सुर्खेत, नेपालगञ्जबाट कर्णाली प्रवेश गर्ने छिन्चु हुँदै अघि बढेका अधिकांस ट्रकमा राहतको ब्यानर झुण्डिएको छ । भुकम्पले तहसनहस बनाएका कतिपय बस्तीमा अहिलेसम्म पाल पुगेको छैन । मानवीय क्षति भएको ठाँउमा केही ध्यान पुगेपनी भौतिक क्षति मात्रै भएका गाँउ ओझेलमा परेका छन् । तर ति ठाँउका मानिस पनि घर बस्न सक्ने अवस्थामा छैनन । 

जाजरकोटको नलगाड नगरपालिका १ चिउरीका अधिकांस घर ढलेका छन् । यहाँ एकै घरका ४ जना सहित १३ जनाले ज्यान गुमाएका छन्  । खण्डहर बनेको बस्तीमा बाँचेकाहरु अहिले भत्किएका घरबाट माटोमा पुरिएको खाद्यान खोतलिरहेका छन् । घरसँगै गोठ शौचालय पनि ढलेका छन् । चिसो बारीमा पराल बिछ्याएका उनीहरु खुल्ला आकाश मुनी शौच गर्न बाध्य छन् । 

सामुहिक चुलो बाल्न थालेका उनीहरुसँग राहातमा आउने एक दुई बोरा चामल एक छाक दुई छाकमा सकिन्छ । दलित समुदायको बाहुल्य रहेको बस्तीमा वृद्धबृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् । तर राहतको नाममा चामल र पाल मात्रै सोच्दै गर्दा शौचालयदेखि खानेपानी र औषधिको अभाव छ । सबै कपडा घरमा च्यापिएपछि शुक्रबार सुत्ने बेलाको एक सरोमा उनिहरुले ५ दिन बिताइसकेका छन् । बाँडिएको राहतमा पातला कम्बल बाहेक अन्य कपडा छैनन् । यहाँको दृश्य देख्दा लाग्छ, भूकम्पमा बाँचेकाहरु खुल्ला आकाशमुनी भोको पेटले रोगब्याधी र चिसोसँग कसरी लड्न सक्लान ?

परिवारका सदस्य गुमाएकाहरु अहिले खुल्ला आकाशमुनी क्रियाकर्म गरिरहेका छन् । घर भित्रै ज्यान गुमाएका आफन्तको शव निकालेकाले ठाँउ हेर्दै भक्कानिनु शिवाल उनिहरुसँग अन्य विकल्प छैन । कोही १३ गर्नुपर्र्नेे क्रियाकर्म छोट्याएर राहत खोज्दै हिड्न बाध्य छन् । जाजरकोट र रुकुम पश्चिमका गाँउ गाँउ पुग्दा आफन्त गुमाएकाहरु भन्छन्, बरु हामीलाई पनि भुकम्पले लगिदिएको भए हुन्थ्यो । 

नभनुन् पनि किन, सँगै सिरानीमा निदाएका आफन्त गुमाएका छन्, जिन्दगीका दुखः सुख ओत लाग्ने घर अहिले खण्डहर बनेर तर्साइरहेको छ । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका एकै घरमा ५ जनाले ज्यान गुमाए । २७ जनाले ज्यान गुमाएको यो वडामा सोमबार दिउँसोसम्म राहत बोकेर कोही पुगेको थिएनन् । भत्किएका घरबाट शव र घाइतेहरुलाई निकाले पनि अरु सबै पुरिएको छ । 

यो गाँउमा पुग्ने सडक सहज छैन । ट्याक्टर मात्रै पुग्ने बाटोमा राहत बोकेर तिनै ट्याक्टर पनि पुगेका छैनन् । स्थानीयहरुले बरु भारतमा भएका आफन्तहरुलाई राहत उठाएर पठाउन गुहारिरहेका छन् । 

बल्ल बल्ल पुग्ने पाल र पातला कम्बलमा पनि राजनीतिक दलका नेता कार्यकर्ताले  मान्छे छुट्याउन लागेको गुनासो गर्छन् । 

एकद्धार प्रणाली लागू भएको राहत वितरण प्रभावकारी नभएको स्पष्ट छ । भुकम्पपछि घाइतेको उद्धार र उपचारमा प्रभावकारी काम गरेको प्रशासन राहत वितरणमा चुकेको छ । पाल, पातला कम्बल, चाउचाउ बिस्कुट र चामल थुप्रिएका पनि पुर्वाधार, जनशक्तीको अभाव देखाएर राहत वितरण प्रभावकारी भएको छैन । औषधिजन्य सामग्रीसहित, पानी सुद्दीकरणका लागि आवश्यक उपकरण तथा केमिकल पुगेका छैनन् । सरसफाइका सामग्री पुगेका छैनन् । भूकम्पमा १५३ जनाले ज्यान गुमाए पनि भूकम्प प्रभावित क्षेत्रमा बाँचेकाहरु मुस्किलले बाँचीरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...