नेभिगेशन
सबै कुरा

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विशवप्रकाश शर्मा भूकम्पप्रभावित क्षेत्रमा जाँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पपछि भएको जनधनको क्षतिमा पार्टीका तर्फबाट आवश्यक अनुगमन र सहजीरकणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । कांग्रेसले भूकम्पपछि भएको जनधनको क्षतिमा आवश्यक सहजीरकणका लागि ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको थियो । थापा र शर्मा समितिका तर्फबाट आज जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावित क्षेत्र पुग्दै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसले उद्धार, राहत र पुनःस्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गरेको थियो । भूकम्पपछि कांग्रेसले हालसम्म उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन, सरकारको राहत कोषमा ५० लाख सहयोग घोषणा र हस्तान्तरण, देशभरका आफ्ना सार्वजनिक कार्यक्रम स्थगन, कयौंँ जिल्लाबाट पार्टीका स्वयंसेवक राहत लिएर प्रभावित क्षेत्रमा, शुभेच्छुक संस्था ‘डिडिए’ को संयोजनमा चिकित्सक र औषधि प्रबन्ध, पार्टीको धारणा र सुझाव )तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने अत्यावश्यक कार्य)सहित प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराइसकेको छ ।

Ncell
Extreme Energy

महामन्त्रीद्वय थापा र शर्मा केहिदिन त्यहाँ रहेर सात बुँदे कार्य’ मा ध्यान केन्द्रीत गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनीहरुले राहत वितरणमा देखिएका कमजोरीको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने बताइएको छ । 

साथै उनीहरुले संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न सङ्घ–संस्था एवं स्वयं सरकारी निकायबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न÷गराउन थप सुझाव र सहजीकरणगर्नेछन् । महामन्त्रीद्वयले उद्धार र राहतमा पुगेका बाह्य सङ्घ–संस्था र व्यक्तिबाट कतै प्रतिकूल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न÷गराउन सुझाव र सहजीकरण गर्ने ÷गराउनेछन्।

स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनःस्थापनामा सम्पादन गर्नुपर्ने विषयको अध्ययन गर्नुहुने कांग्रेसले जनाएको छ । भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने जिम्मेवारीसमेत उनीहरुलाई तोकिएको छ । महामन्त्रीद्वयले सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्नेछन् । 

साथै पुनःस्थापना र पुनःनिर्माणका लागि कांग्रेसको धारणा कार्यान्वयनमा के कस्तो समस्या आइपर्न सक्छन्, सरोकारवालाको सुझाव के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने बताइएको छ । महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्याउने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।