नेभिगेशन
सबै कुरा

जगदम्बा स्टीलको उद्योगमा मजदुरको ट्रकले किचेर हत्या, सिसिटिभि फुटेजमा यस्तो देखियो (भिडियाे सहित)

बाराको सिमरास्थित जगदम्बा स्टिलको परिसरभित्र एक व्यक्तिको ट्रकले किचेर हत्या गरिएको सिसिटिभि फुटेजमा देखिएको छ । सिधाकुरालाई प्राप्त सिसिटिभि फुटेजमा बसिरहेका मजदुरमाथि सिधै ट्रक चढाएको देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सिधाकुरालाई प्राप्त भिडियोमा एउटा लहरी ट्रकको अगाडि दुईजना व्यक्तिहरु शितलमा बसिरहेका छन् । एक व्यक्तिले ट्रक अघि बढाउँछन् । जबकी ट्रक चलाउने व्यक्तिदे अगाडि मान्छे बसेको स्पष्ट देख्न सक्छ ।  ट्रकले दुबै जनालाई छोप्छ । एकजना भने उम्कन सफल हुन्छन् । तर अर्का व्यक्ति भने त्यहीँ किचिन्छन् । त्यसपछि चालकले फेरि ट्रक ब्याक गर्छन । 

त्यसपछि उद्योगका सुरक्षा गार्ड अत्तालिँदै त्यहाँ आईपुग्छन् । चालक तल झर्छन । सुरक्षा गार्डले अर्का गार्डलाई बोलाउँछन् । तर उनले पनि हेर्छन मात्रै । त्यहाँ अन्य मानिसहरु हुन्छन् तर किचिएका व्यक्तिलाई निकाल्ने प्रयास गरिदैन । धेरैबेरसम्म पनि त्यहाँ ट्रकमा किचिएका व्यक्तिको उद्धार कसैले गरेको देखिदैन । 

जगदम्बा स्टिलको उद्योग परिसरमा मजदुरको मृत्युको बारे बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले पुष्टि गरे । उनका अनुसार प्रदेश २ ०३००१ ख ५९६ नम्बरको ट्रकले किचेर बाराको जितपुरसिमरा–२ घर भएका २२ वर्षे उज्वल कार्कीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उज्वलमाथि ट्रक चढाउने चालक अहिले प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले घटना शंकास्पद देखिएकोले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

यस विषय थप बुझ्न शंकरु ग्रुप लिमिटेडको जगदम्बा स्टिल्सका अध्यक्ष शाहिल अग्रवालाई सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क भएन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।