नेभिगेशन
सबै कुरा

जगदम्बा स्टीलको उद्योगमा मजदुरको ट्रकले किचेर हत्या, सिसिटिभि फुटेजमा यस्तो देखियो (भिडियाे सहित)

बाराको सिमरास्थित जगदम्बा स्टिलको परिसरभित्र एक व्यक्तिको ट्रकले किचेर हत्या गरिएको सिसिटिभि फुटेजमा देखिएको छ । सिधाकुरालाई प्राप्त सिसिटिभि फुटेजमा बसिरहेका मजदुरमाथि सिधै ट्रक चढाएको देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सिधाकुरालाई प्राप्त भिडियोमा एउटा लहरी ट्रकको अगाडि दुईजना व्यक्तिहरु शितलमा बसिरहेका छन् । एक व्यक्तिले ट्रक अघि बढाउँछन् । जबकी ट्रक चलाउने व्यक्तिदे अगाडि मान्छे बसेको स्पष्ट देख्न सक्छ ।  ट्रकले दुबै जनालाई छोप्छ । एकजना भने उम्कन सफल हुन्छन् । तर अर्का व्यक्ति भने त्यहीँ किचिन्छन् । त्यसपछि चालकले फेरि ट्रक ब्याक गर्छन । 

त्यसपछि उद्योगका सुरक्षा गार्ड अत्तालिँदै त्यहाँ आईपुग्छन् । चालक तल झर्छन । सुरक्षा गार्डले अर्का गार्डलाई बोलाउँछन् । तर उनले पनि हेर्छन मात्रै । त्यहाँ अन्य मानिसहरु हुन्छन् तर किचिएका व्यक्तिलाई निकाल्ने प्रयास गरिदैन । धेरैबेरसम्म पनि त्यहाँ ट्रकमा किचिएका व्यक्तिको उद्धार कसैले गरेको देखिदैन । 

जगदम्बा स्टिलको उद्योग परिसरमा मजदुरको मृत्युको बारे बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले पुष्टि गरे । उनका अनुसार प्रदेश २ ०३००१ ख ५९६ नम्बरको ट्रकले किचेर बाराको जितपुरसिमरा–२ घर भएका २२ वर्षे उज्वल कार्कीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उज्वलमाथि ट्रक चढाउने चालक अहिले प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले घटना शंकास्पद देखिएकोले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

यस विषय थप बुझ्न शंकरु ग्रुप लिमिटेडको जगदम्बा स्टिल्सका अध्यक्ष शाहिल अग्रवालाई सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क भएन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।