नेभिगेशन
फुटबल

फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले समान एकएक गोल गरे ।

Ncell
Extreme Energy

खेल सुरुआती नवौँ मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औं मिनेटमा अमेरिकाको मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै खेललाई एक–एक बराबरीमा ल्याए ।

त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रो अग्रता बनायो । खेलको ३३ औँ मिनेटमा केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ५७औँ मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रता तेब्बर बनाए ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा  लुकाकुले गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को जित निकाल्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
रवि लामिछानेमा राजनीतिक परिपक्वता बढ्यो : प्रचण्ड

रवि लामिछानेमा राजनीतिक परिपक्वता बढ्यो : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेमा राजनीतिक परिपक्वता बढेको बताएका छन् ।
पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

नेपाल विद्युत् प्राधिकरण (एनईए) ले दमक, गौरादह र इटहरी क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता, भोल्टेज र प्रणाली क्षमता सुधार गर्न वितरण प्रणाली सुदृढीकरणका कार्यहरू अघि बढाएको छ ।
डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

प्रधानमन्त्री वालेन्द्र शाहले प्रवर्द्धन गरेको दुग्ध विकास संस्थानले आक्रामक बजार विस्तार गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।