नेभिगेशन
फुटबल

क्रिष्टियानो रोनाल्डो : कीर्तिमानधारी तर जित्न सकेनन् विश्वकप

काठमाडौं । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिष्टियानो रोनाल्डो दुई दशकभन्दा बढी समय फुटबल खेले । धेरै समय विपक्षीबाट लगातार दबाबबीच पनि टिमलाई संकटबाट मुक्त गराए । त्यही दुई दशकका धेरै चुनौतीबीच रियल मड्रिड, म्यानचेष्टर युनाइटेड र युभेन्ट्सबाट खेले । प्राइम समयमै स्पेनिस ला लिगा, इङ्लिस प्रिमियर लिग र इटालियन सिरी एमा सधै उत्कृष्ट खेलाडी बने । नजितेको उपाधि नै रहेन । नबनाएको कीर्तिमान नै भएन । 

तर पनि उनको हातबाट एक उपलब्धी भने सधै फुस्किरह्यो । त्यो थियो फिफा विश्वकप । मंगलबार बिहान पनि यही उपलब्धी उनको हातबाट फुस्किएको छ । ४१ वर्षीय रोनाल्डो २३औं संस्करणको फिफा विश्वकपको राउन्ड अफ १६ बाटै बाहिरिए । उनको टिम पोर्चुगल स्पेनसँग १–० को हारको बाबजुद बाहिरियो । रोनाल्डो लगातार छैटौं पटक विश्वकप खेल्दा पनि टिमलाई जित दिलाउन सकेनन् । आँखाबाट लगातार आँसु झार्न पुगे । मैदानमा एकछिन भाबुक बने । अनि टिमका अन्य साथीलाई छाडेर टनेलभित्र छिरे । यो क्षण, दृश्य हृदयविदारक थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोर्चुगलले स्पेनविरुद्ध ९० मिनेट नै फाइट त गर्‍यो । खेल बराबरीतर्फ उन्मुख थियो । तर, ९१औं मिनेटमा बेन्चबाट आएका मिकेल मेरिनोले अर्लिंघनमा गोल गर्दै स्पेनलाई जित दिलाए । 

Ncell
Extreme Energy

रोनाल्डोले एकदिन अघि नै आफ्नो लागि यही अन्तिम विश्वकप भएको घोषणा गरेका थिए । सोमबार उनी पत्रकार सम्मेलनमा उपस्थित भएका थिए, र प्रश्नको जवाफ दिए । त्यसपछि उनलाई पत्रकारले ताली बजाएर बिदाई गरेका हुन् । 

त्यही क्रममा रोनाल्डोले विश्वकप जिताउन नसक्दा कुनै पछुतो नरहेको प्रष्ट पारेका थिए । उनले विश्वकप नजित्दैमा आफू ठूलो वा सानो नहुने जवाफ दिएका थिए । उनले आफ्नो जीवनमा कुनै कुराको कमी नभएको पनि प्रष्ट पारे । 

खेलपछि पोर्चुगलका प्रशिक्षक रोबर्टाे मार्टिनेजले रोनाल्डोको प्रशंसा गर्दै उनी सधै फुटबलको लागि कमिटमेन्ट रहेको र फुटबलको लागि आइकन रहेको भन्दै बर्णन गरे । ‘रोनाल्डोलाई जसरी पनि विश्वकप जित्नु थियो । त्यसको लागि उनले धेरै कोशिस गरे । उनले एक कप्तानको नाताले जसरी नेतृत्व लिए, यो उदाहरणीय छ ।’

AP-ronaldo1-1783397061.jpg
 

रोनाल्डोले विश्वकप छौंटौं पटक खेल्दा २७ खेल खेले । जसमा ११ गोलमात्रै गरेका छन् । उनले नकआउटमा पहिलो पटक यसै साता गोल गरेका थिए । जति बेला पोर्चुगलले क्रोएसियालाई हराएको थियो । रोनाल्डोले सन् २००६ देखि विश्वकप खेल्न थालेका थिए । त्यसपछि उनले सधै विश्वकप उपाधि जित्ने सपना बनाए । 

रोनाल्डोको लागि पहिलो विश्वकप अविस्मरणीय रह्यो । जव उनी २१ वर्षका थिए, पोर्चुगल सेमिफाइनल पुगेको थियो । तर, टिम सेमिफाइनलमा फ्रान्ससँग १–० ले पराजित भयो । क्वार्टरफाइनलमा भने टिमले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो । १२० मिनेटको खेलमा कुनै गोल हुन सकेन र नतिजा पेनाल्टीमा आएको थियो । पोर्चुगल टिमले अहिलेसम्म सम्झिने सबैभन्दा गतिलो विश्वकप यही हो । रोनाल्डो खेल्दा पहिलो अवसरमै सेमिफाइनल पुगेपछि अन्य विश्वकप जित्ने अनुमान गरिएको थियो । तर, त्यो आशामै सीमित बन्यो । 

आफ्नो अन्तर्राष्ट्रिय खेलमा रोनाल्डो धेरैभन्दा धेरै पोर्चुगलको प्रदर्शनलाई लिएर चिन्तित थिए । दबाबजति आफ्नै काधमा राखेका थिए । तर, जब नयाँ विश्वकप आउँछ, पोर्चुगलमा पनि नयाँ स्टारहरुको जन्म भयो । माहोल परिवर्तन भएको थियो । बहस हुन थालेको थियो, रोनाल्डोलाई राम्रो तालमेल मिल्ने भयो । 

तर, छैटौं विश्वकपसम्म आउँदा त्यस्तो देख्न पाइएन । स्पेनविरुद्ध ९० मिनेट नै रोनाल्डोले खेले । उनले गोलको लागि निकै मेहेनत पनि गरे । तर, केही अवसर नै बन्न सकेन । मात्र तीन पटक विपक्षीविरुद्ध प्रहार गर्न सफल भए । 

रोनाल्डोले सन् २०१८ को विश्वकपमै सानदार प्रदर्शन गरे । खेल थियो स्पेनविरुद्ध । समूह चरणको खेल ३–३ मा टुंगिएको थियो । सोही खेलमा रोनाल्डोले ८८औं मिनेटमा सानदार फ्रिकिक गोल गरेका थिए । 

स्पेनका प्रशिक्षक लुइस डे ला फुइन्टेले खेलपछि भने, ‘म सधै रोनाल्डोको ठूलो प्रशंसक हो । उनी युवाको लागि रोल मोडल हुन् ।’

रोनाल्डोले युवा समयदेखि ४१ वर्षसम्म पनि आफ्ना प्रतिस्पर्धी लियोनल मेसीसँगको तुलनाको बारेमा प्रश्न सुन्न पर्‍यो र त्यसलाई केही हदसम्म बेवास्ता पनि गरे । तर, रोनाल्डोको करियर अन्त्यतर्फ लाग्दै गर्दा त्यसलाई बेवास्ता गर्न पनि गाह्रो हुने अवस्था आयो । उनीहरुको प्रतिस्पर्धाले एक युगलाई परिभाषित गरेको छ । यही दुई खेलाडीको कारण विश्वभरका समर्थक पनि दुई भागमा विभाजन भएका छन् । तर, दुई बीचको प्रतिस्पर्धा विश्वकपमा भने लागु भएन । 

AP-ronaldo-1783397078.jpg
 

मेसीले अर्जेन्टिनालाई सन् २०१४ को विश्वकपमा फाइनलमा पु¥याए । सन् २०२२ को विश्वकपको उपाधि नै जिते । अब, विश्व खेलकुदमा नजितेको प्रतियोगिता नै मेसीसँग रहेन । 

यता, रोनाल्डो भने हरेक विश्वकपमा निराशामै बिताए । रोनाल्डोले आफ्नो करियरमा पोर्चुगललाई सन् २०१६ मा युरो कप जिताएका थिए । यस्तै सन् २०१९ र २०२५ मा नेसन्स लिगको उपाधि जिताए । 

यो विश्वकपमा पनि पोर्चुगलले सानदार प्रदर्शन गर्न गाह्रो नै भयो । कोलम्बियासँग समूहमा पछि प¥यो । समूह ‘के’ बाट उपविजेता भएर नकआउटमा स्थान बनायो । समूहमा उज्वेकिस्तानलाई ५–० ले हराउँदा रोनाल्डोले दुई गोल गरे । उत्तर अमेरिकामा रोनाल्डोको सबैभन्दा उत्कृष्ट प्रदर्शन यही थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।