नेभिगेशन
फुटबल

यसपटकका फिफा विश्वकपका आयोजक तीनवटै देश अन्तिम १६ बाटै बाहिरिए

काठमाडौँ । फिफा विश्वकपका तीन आयोजक देशहरु (अमेरिका, क्यानडा र मेक्सिको) प्रि क्वार्टरफाइनलबाट बाहिरिएका छन् । 

यसपटक ४८ टोली सहभागी विश्वकपमा आयोजक तीनै देशले समूह चरण र राउण्ड अफ ३२ पार गरेका थिए । तर क्वार्टरफाइनल भने पुग्न सकेनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकाले समूह चरण पार गरेपछि राउण्ड अफ ३२ बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । तर राउण्ड अफ १६ मा भने बेल्जियमसँग पराजित भयो । मंगलबार विहान नेपाली समयअनुसार ५:४५ बजे भएको खेलमा चार्ल्स डि केटेरेले २ गोलसहित बेल्जियमले चार गोल गर्यो । अमेरिकाले १ गोल फर्काउँदै प्रतियोगिताबाट बाहिरियो । 

Ncell
Extreme Energy

क्यानडाले यसपटक इतिहासमै पहिलोचोटी नकाउट चरण पुग्यो । राउण्ड अफ ३२ मा उसले दक्षिण अफ्रिकालाई १-० ले हराएर प्रि-क्वार्टर फइनलमा मोरक्कोसँग भेट पक्का गरेको थियो । तर ३-० गोल अन्तरले पराजित हुँदै विश्वकपको यात्रा टुंग्यायो । 

अर्को आयोजक मेक्सिकोले घरेलु मैदानको फाइदा उठाउँदै राउण्ड अफ ३२ मा इक्वेडरलाई २-० ले पाखा लगाएको थियो । तर राउण्ड अफ १६ को भिडन्तमा भने उसले बलियो टोली इंग्ल्याण्डको सामना गर्नुपर्यो । रातो कार्ड खाएर १० खेलाडीमा सीमित हुँदा हुँदै पनि इंग्ल्याण्ड मेक्सिकोको आगामी यात्राको सपना चकनाचुर पार्यो । 

यसरी जुलाई ५, ६, ७ सम्म आइपुग्दा तीनै उत्तरी अमेरिकी आयोजक राष्ट्रको यात्रा घरेलु मैदानमा समाप्त भयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।