नेभिगेशन
फुटबल

यसपटकका फिफा विश्वकपका आयोजक तीनवटै देश अन्तिम १६ बाटै बाहिरिए

काठमाडौँ । फिफा विश्वकपका तीन आयोजक देशहरु (अमेरिका, क्यानडा र मेक्सिको) प्रि क्वार्टरफाइनलबाट बाहिरिएका छन् । 

यसपटक ४८ टोली सहभागी विश्वकपमा आयोजक तीनै देशले समूह चरण र राउण्ड अफ ३२ पार गरेका थिए । तर क्वार्टरफाइनल भने पुग्न सकेनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकाले समूह चरण पार गरेपछि राउण्ड अफ ३२ बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । तर राउण्ड अफ १६ मा भने बेल्जियमसँग पराजित भयो । मंगलबार विहान नेपाली समयअनुसार ५:४५ बजे भएको खेलमा चार्ल्स डि केटेरेले २ गोलसहित बेल्जियमले चार गोल गर्यो । अमेरिकाले १ गोल फर्काउँदै प्रतियोगिताबाट बाहिरियो । 

Ncell
Extreme Energy

क्यानडाले यसपटक इतिहासमै पहिलोचोटी नकाउट चरण पुग्यो । राउण्ड अफ ३२ मा उसले दक्षिण अफ्रिकालाई १-० ले हराएर प्रि-क्वार्टर फइनलमा मोरक्कोसँग भेट पक्का गरेको थियो । तर ३-० गोल अन्तरले पराजित हुँदै विश्वकपको यात्रा टुंग्यायो । 

अर्को आयोजक मेक्सिकोले घरेलु मैदानको फाइदा उठाउँदै राउण्ड अफ ३२ मा इक्वेडरलाई २-० ले पाखा लगाएको थियो । तर राउण्ड अफ १६ को भिडन्तमा भने उसले बलियो टोली इंग्ल्याण्डको सामना गर्नुपर्यो । रातो कार्ड खाएर १० खेलाडीमा सीमित हुँदा हुँदै पनि इंग्ल्याण्ड मेक्सिकोको आगामी यात्राको सपना चकनाचुर पार्यो । 

यसरी जुलाई ५, ६, ७ सम्म आइपुग्दा तीनै उत्तरी अमेरिकी आयोजक राष्ट्रको यात्रा घरेलु मैदानमा समाप्त भयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

नेपाल विद्युत् प्राधिकरण (एनईए) ले दमक, गौरादह र इटहरी क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता, भोल्टेज र प्रणाली क्षमता सुधार गर्न वितरण प्रणाली सुदृढीकरणका कार्यहरू अघि बढाएको छ ।
डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

प्रधानमन्त्री वालेन्द्र शाहले प्रवर्द्धन गरेको दुग्ध विकास संस्थानले आक्रामक बजार विस्तार गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।