नेभिगेशन
फुटबल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

एक हजार गोलको ऐतिहासिक कोशेढुङ्गा नजिक रोनाल्डो

रियाद । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै अल नासर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अघिल्लो खेलमा पराजय व्यहोरेको अल नासर घरेलु मैदान अल-अव्वल पार्कमा सुरुवाती समयदेखि नै दबाब बनाए पनि गोल गर्न संघर्ष गरिरहेको थियो । खेलको २२ औँ मिनेटमा एन्जेलोले प्रहार गरेको कर्नर किकलाई सदुपयोग गर्दै ४१ वर्षीय रोनाल्डोले उत्कृष्ट हेडरमार्फत गोल गरी टोलीलाई १-० को अग्रता दिलाएका थिए ।

Ncell
Extreme Energy

दोस्रो हाफको ५८ औँ मिनेटमा अब्दुल्लाह अल-हम्दानले गोल गर्दै अल नासरको अग्रता २-० बनाए । खेलको ७५ औँ मिनेटमा आभाका नबिल फेकिरले एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि बाँकी समयमा थप गोल हुन नसक्दा अल नासर २-१ ले विजयी भयो । यस जितसँगै ६ खेलबाट १५ अंक जोड्दै अल नासर गोल अन्तरका आधारमा अल-हिलाललाई पछि पार्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

१ हजार गोलको ऐतिहासिक कोशेढुङ्गा नजिक रोनाल्डो

आभा विरुद्धको गोल रोनाल्डोको व्यावसायिक फुटबल करियरको ९७९ औँ आधिकारिक गोल हो । अब उनी फुटबल इतिहासमै पहिलो पटक एक हजार आधिकारिक गोल गर्ने कीर्तिमान बनाउन मात्र २१ गोल टाढा छन् ।

यस सिजन ५ खेलमा ३ गोल गरिसक्नुभएका रोनाल्डोको अल नासरका लागि यो १३२ औँ गोल हो । हालको औसत (प्रति खेल ०.६० गोल) लाई कायम राखेमा रोनाल्डोलाई १ हजार गोलको आँकडा छुन करिब ३५ खेल आवश्यक पर्नेछ ।

साउदी प्रो लिग, किङ्स कप, एएफसी च्याम्पियन्स लिग एलिट र पोर्चुगलका लागि युइएफए नेसन्स लिगका गरी यस सिजन अझै ४० भन्दा बढी खेलहरू बाँकी रहेकाले रोनाल्डोले चालु सिजन २०२६-२७ भित्रै एक हजार गोलको ऐतिहासिक आँकडा पार गर्ने सम्भावना बलियो देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।