नेभिगेशन
फुटबल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

एक हजार गोलको ऐतिहासिक कोशेढुङ्गा नजिक रोनाल्डो

रियाद । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै अल नासर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अघिल्लो खेलमा पराजय व्यहोरेको अल नासर घरेलु मैदान अल-अव्वल पार्कमा सुरुवाती समयदेखि नै दबाब बनाए पनि गोल गर्न संघर्ष गरिरहेको थियो । खेलको २२ औँ मिनेटमा एन्जेलोले प्रहार गरेको कर्नर किकलाई सदुपयोग गर्दै ४१ वर्षीय रोनाल्डोले उत्कृष्ट हेडरमार्फत गोल गरी टोलीलाई १-० को अग्रता दिलाएका थिए ।

Ncell
Extreme Energy

दोस्रो हाफको ५८ औँ मिनेटमा अब्दुल्लाह अल-हम्दानले गोल गर्दै अल नासरको अग्रता २-० बनाए । खेलको ७५ औँ मिनेटमा आभाका नबिल फेकिरले एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि बाँकी समयमा थप गोल हुन नसक्दा अल नासर २-१ ले विजयी भयो । यस जितसँगै ६ खेलबाट १५ अंक जोड्दै अल नासर गोल अन्तरका आधारमा अल-हिलाललाई पछि पार्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

१ हजार गोलको ऐतिहासिक कोशेढुङ्गा नजिक रोनाल्डो

आभा विरुद्धको गोल रोनाल्डोको व्यावसायिक फुटबल करियरको ९७९ औँ आधिकारिक गोल हो । अब उनी फुटबल इतिहासमै पहिलो पटक एक हजार आधिकारिक गोल गर्ने कीर्तिमान बनाउन मात्र २१ गोल टाढा छन् ।

यस सिजन ५ खेलमा ३ गोल गरिसक्नुभएका रोनाल्डोको अल नासरका लागि यो १३२ औँ गोल हो । हालको औसत (प्रति खेल ०.६० गोल) लाई कायम राखेमा रोनाल्डोलाई १ हजार गोलको आँकडा छुन करिब ३५ खेल आवश्यक पर्नेछ ।

साउदी प्रो लिग, किङ्स कप, एएफसी च्याम्पियन्स लिग एलिट र पोर्चुगलका लागि युइएफए नेसन्स लिगका गरी यस सिजन अझै ४० भन्दा बढी खेलहरू बाँकी रहेकाले रोनाल्डोले चालु सिजन २०२६-२७ भित्रै एक हजार गोलको ऐतिहासिक आँकडा पार गर्ने सम्भावना बलियो देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...

भर्खरै