नेभिगेशन
सबै कुरा

मनाङको ढुकुरपोखरीमा हिमपहिरो : आवतजावत गर्न जोखिम

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ-१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  । 

हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए । 

City Express

उनले भने, “मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।” 

दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने, “दैनिक पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिराले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।”

समय सकिन लाग्दा आएको भारी हिमपातले पहिरो गएको छ । किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ । यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन । यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताए । हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उनले अनुरोध गरेका छन् । 

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । 

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शहीद विनोद महर्जनको घरमा पुगे कुलमान, युवाहरुका आकांक्षा अनुसार काम गर्ने प्रतिवद्धता

शहीद विनोद महर्जनको घरमा पुगे कुलमान, युवाहरुका आकांक्षा अनुसार काम गर्ने प्रतिवद्धता

बुधबार पाटनस्थीत घरमा पुगेर मन्त्री घिसिङले महर्जनप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्दै आफन्तसँग छलफल गरेका हुन् । सो क्रममा महर्जनको परिवारले देशलाई परिवर्तन गर्न युवाहरुले दिएको बलिदानलाई...
कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।...
सभामुख पाठकद्वारा राजीनामा

सभामुख पाठकद्वारा राजीनामा

उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
जुवा प्रतिबन्धपछि भारतीय खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

जुवा प्रतिबन्धपछि भारतीय खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

गत महिना भारतीय संसद्ले अनलाइन जुवामा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । सरकारी तथ्याङ्कअनुसार कम्पनीहरूले ४५ करोड मिलियन मानिसबाट वार्षिक दुई अर्ब ३० करोड डलर उठाइरहेका थिए...