नेभिगेशन
समाज

'फागुनको निर्वाचनका लागि मतदाताको नामावली दर्ता रोकिएको छैन,दर्ता गर्नु'

काठमाडौँ । आगामी फागनु २१ गते निर्वाचनका लागि मिति घोषणा गरेपनि  यहि निर्वाचनमा मतदान गर्न पाउने गरी नामावली दर्ता नरोकीएको निर्वाचन आयोगले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनका आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन घोषणा भएपनि फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने १६ वर्षको पुुगेको नागरिकता भएका व्यक्तीले मतदाता नामावली दर्ता गर्न पाउने छन् । 
प्रदर्शनबाट सरकार ढालेर शुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार बनाएका उमेर समुह जेनजी समुहले नै मतदान गर्न नपाउने हुन कि भन्ने अन्योलकाबिच निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक नरोकिने बताएको हो । 
आयोगका अर्का एक अधिकारीका अनुसार अहिलेको अवस्थामा मतदाताको नामावली दर्ता रोक्ने कुरा व्यवहारत जायज नहुने भएकाले पनि निर्वाचन आयोगले तत्कालै नामावली दर्ता नरोकेको हो । तर संसोधनको प्रक्रियाहरु पूरा गरेर यसलाई टुंगाउने विषयमा आयोगमा छलफल भैरहेको छ । 
अहिलेको निर्वाचन ऐन अनुसार निर्वाचनको मिति घोषणा भएपछि सोही निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्न नमिल्ने व्यवस्था रहेको छ । अहिलेको ऐनमा भएको व्यवस्था संसोधनका लागि आयोगले तयार पारेको विधेयक छलफलको चरणमै रहेको छ । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेनजी आन्दोलन सम्बन्धी  मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरको हो ।
ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनमा कारबाहीको सिफारिस (पूर्णपाठ)

ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनमा कारबाहीको सिफारिस (पूर्णपाठ)

‘गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लङ्घनका सम्बन्धमा आयोगको मिति २०८३/२/१२ गतेको बैठकले निर्णयरसिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री...
कोशी प्रदेश सभामा जब पूर्व मुख्यमन्त्रीले रोस्ट्रमको माइक भाँचे ...(भिडियो)

कोशी प्रदेश सभामा जब पूर्व मुख्यमन्त्रीले रोस्ट्रमको माइक भाँचे ...(भिडियो)

विरोधकाबीच सभामुख विष्टले संशोधनको समय नदिएको नभई संशोधन नआएपछि प्रक्रिया अघि बढाएर नीति तथा कार्यक्रम पारित गरिएको बताए । उनले नीति तथा कार्यक्रम पारित गर्दा सर्वसम्मत नभई प्रतिपक्षीका...
यस वर्ष मल अभाव हुँदैन, किसानहरुले अहिलेसम्मकै बढी मल पाउँछन्ः कृषिमन्त्री चौधरी

यस वर्ष मल अभाव हुँदैन, किसानहरुले अहिलेसम्मकै बढी मल पाउँछन्ः कृषिमन्त्री चौधरी

उनले चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र जसमध्ये चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको...

भर्खरै