नेभिगेशन
मुख्य समाचार

'फागुनको निर्वाचनका लागि मतदाताको नामावली दर्ता रोकिएको छैन,दर्ता गर्नु'

काठमाडौँ । आगामी फागनु २१ गते निर्वाचनका लागि मिति घोषणा गरेपनि  यहि निर्वाचनमा मतदान गर्न पाउने गरी नामावली दर्ता नरोकीएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनका आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन घोषणा भएपनि फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने १६ वर्षको पुुगेको नागरिकता भएका व्यक्तीले मतदाता नामावली दर्ता गर्न पाउने छन् । 
प्रदर्शनबाट सरकार ढालेर शुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार बनाएका उमेर समुह जेनजी समुहले नै मतदान गर्न नपाउने हुन कि भन्ने अन्योलकाबिच निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक नरोकिने बताएको हो । 
आयोगका अर्का एक अधिकारीका अनुसार अहिलेको अवस्थामा मतदाताको नामावली दर्ता रोक्ने कुरा व्यवहारत जायज नहुने भएकाले पनि निर्वाचन आयोगले तत्कालै नामावली दर्ता नरोकेको हो । तर संसोधनको प्रक्रियाहरु पूरा गरेर यसलाई टुंगाउने विषयमा आयोगमा छलफल भैरहेको छ । 
अहिलेको निर्वाचन ऐन अनुसार निर्वाचनको मिति घोषणा भएपछि सोही निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्न नमिल्ने व्यवस्था रहेको छ । अहिलेको ऐनमा भएको व्यवस्था संसोधनका लागि आयोगले तयार पारेको विधेयक छलफलको चरणमै रहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै