नेभिगेशन
समाज

अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

एजेन्सी। अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले कम्तीमा छवटा घरमा क्षति पुर्‍याएको छ। आगलागीका कारण सडक बन्द गर्नुका साथै स्थानीय वन्यजन्तु विस्थापित भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्मानिया राज्यको उत्तरपूर्वमा रहेको टापुको उत्तरी क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न अग्निनियन्त्रकहरू प्रयासरत छन्। बिहीबारसम्म आगलागीबाट करिब १४ हजार ५०० हेक्टर भूभाग जलिसकेको छ।

Marvel
Extreme Energy

आगोको लप्को १० मिटरसम्म अग्लो भएपछि स्थानीय बासिन्दा सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्। तस्मानिया अग्नि सेवाका क्षेत्रीय उपप्रमुख स्टिभ रिचर्डसनले प्रतिकूल मौसमका कारण पछिल्ला दिनमा अग्निनियन्त्रकलाई आगो नजिक पुगेर नियन्त्रणको काम गर्न कठिन भएको बताएका छन्।

मौसममा केही सुधार आएपछि अग्निनियन्त्रकले आगो फैलिन नदिन नियन्त्रण रेखा निर्माण गर्ने र प्रभावित क्षेत्रको क्षति मूल्याङ्कन गर्ने काम अघि बढाएका छन्।

आगलागीबाट कम्तीमा छवटा घर क्षतिग्रस्त वा नष्ट भएका छन्। आगो निभाउन हेलिकप्टर र पानी बम खसाल्ने विमान परिचालन गरिएको छ। अग्नि सेवाका अधिकारीका अनुसार यो टापुको इतिहासकै सबैभन्दा ठूलो आगलागी नभए पनि महत्त्वपूर्ण घटनामध्ये एक हो।

आगलागीबाट वन्यजन्तु पनि विस्थापित भएका छन्। स्थानीय बासिन्दा एलन ह्विटलीले सडकमा साना पोसमहरू देखिएको बताउँदै यसपटक आगो निकै तीव्र गतिमा फैलिएको बताएका छन्।

अर्का स्थानीय बासिन्दा जेमी ब्रोसार्डले आगलागीमा घरसम्पत्ति गुमाएका मानिसप्रति दुःख व्यक्त गर्दै अवस्था निकै चिन्ताजनक बनेको बताएका छन्।

अस्ट्रेलिया लामो समयदेखि विनाशकारी डढेलोको जोखिममा रहँदै आएको छ। सन् २०१९ को अन्त्यदेखि सन् २०२० को सुरुसम्म फैलिएको ‘ब्ल्याक समर’ डढेलोले करिब दुई करोड ४० लाखदेखि तीन करोड ४० लाख हेक्टर भूभाग जलाउनुका साथै हजारौँ घर नष्ट गरेको थियो।

वैज्ञानिक अध्ययनअनुसार मानवीय गतिविधिबाट भइरहेको जलवायु परिवर्तनले दक्षिणपूर्वी अस्ट्रेलियामा त्यस्तो डढेलोका लागि अनुकूल चरम गर्मीको सम्भावना औद्योगिक युगअघिको तुलनामा कम्तीमा दोब्बर बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।
स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नेपाली रकम र विदेशी मुद्रासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पहेँलपुर शङ्खु  (तस्बिर कथा)

पहेँलपुर शङ्खु (तस्बिर कथा)

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो...
ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

ट्रम्पले १७ प्रतिशतसम्म ट्यारिफ बढाउने भनेपछि भारतमा यस्तो चिन्ता

संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ ।