नेभिगेशन
समाज
‘अपरेशन लाइफ सिल्ड’

काठमाडौँबाट दिल्ली पुर्‍याएर मृगौला तस्करी, बेच्नेलाई १० लाख, एजेन्टलाई ५० हजारको प्रलोभन

काठमाडौँ । आकर्षक रकम पाइने प्रलोभन दिदै सोझा नेपालीहरुलाई भारत पु¥याएर मृगौला झिक्ने समूह प्रहरीको फन्दामा परेको छ । सिन्धुलीका एक मानिसको मृगौला झिकिएको घटनामाथि बिस्तृत अनुसन्धान गरेको नेपाल प्रहरीको मानव बेचबिखान ब्यूरोले यो प्रकरणमा थप गिरोह पहिचान गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ब्यूरोले काठमाडौँका वरपरका जिल्लाका गरिब मानिसहरुलाई फकाएर भारतको राजधानी नयाँ दिल्ली पुर्याएर मृगौला झिक्न सक्रिय गिरोहका नाइके र उनका सहयोगीलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ । 

Ncell
Extreme Energy

ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुवँरकाअनुसार तस्करको गिरोहले नेपालबाट भारत पुर्याइने मानिसहरुलाई मृगौला दिंदा स्वास्थ्यामा कुुनै असर नपर्ने र झण्डै १० लाख नेपाली रुपैयाँ पाइने प्रलोभनमा पार्ने गर्थे । 

जब उनीहरुको मृगौला झिकिन्थ्यो त्यसपछि चार पाँच हजार रुपैयाँ खल्तिमा हालेर नेपाल पठाइने गरेको अनुसन्धानमा फेला परेको छ ।

ब्यूरोकाअनुसार मृगौला बेच्न गाउँगाउँमा मान्छे खोज्ने दलालले ५० हजार रुपैयाँ कमिसन लिन्थे । मृगौला दिने मानिसलाई ६ लाख भारु झण्डै नेपाली ९ लाख ५० हजार हाराहारी दिइने प्रालोभनमा पारिन्थ्यो ।

काठ क्षेत्रका ५ जिल्ला धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र सिन्धुलीका मानिसहरु तस्करको निसानामा पर्ने गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ब्यूरोले सो अपराध बिरुद्ध ‘अप्रेसन लाइफ सिल्ड’ नाम दिएर  कारबाही चलाएको थियो । सो क्रममा गिरोहका नेपाल कनेक्सनका नाइके र उनका सहयोगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ । 

यसरी पक्राउ परेकामा सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र सुजन भारती रहेका छन् । यो समूहले मात्रै ५ जना नेपालीलाई भारत पुर्याएर मृगौला झिकेर बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

ब्यूरोका अनुसार सिन्धुुपाल्चोकको सुनकोसी गाउँपालिका ७ का भण्डारी समूहका नाइके हुन भने सिन्धुपाल्चोककै इन्द्रावती नगरपालिका २ का सुजन भारती उनका सहयोगी हुन् । उनीहरुलाई भारतबाट नेपाल आउने क्रममा विभिन्न नाकाबाट पक्राउ गरिएको प्रहरीको दाबी छ । ब्यूरोकाअनुसार यो  समूहले मृगौला झिकेको भन्दै ४ वटा जाहेरी दर्ता भएका छन्  । ति जाहेरीमा ५ जना पीडितहरू छन् । 

प्रारम्भिक अनुसन्धानका क्रममा किड्नी दिन तयार हुने मानिसलाई काठमाडौँ ल्याएर गाडी चढाएर नयाँ दिल्लीसम्म पुर्याउने, त्यहाँ एक होटलमा राख्ने र बेहोस बनाउने औषधी खुवाएर पहिचान नहुने ठाउँमा लगेर मृगौला झिकिने गरेको पाइएको छ । यो प्रकणमा यस अघि पक्राउ परेका दुई जनाको बयानका आधारमा थप गिरोहका सदस्य पक्राउ गरिएको प्रहरीको भनाई छ ।     

प्रहरीसँग मुख्य नाइके भण्डारीले नेपालबाट लगिएका मानिसहरूलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनको एक होटलमा लगेर राखिन्थ्यो । मृगौला दिन तयार भएर पुर्याएका मानिसलाई होटलमै स्वास्थ्यकर्मी बोलाएर रगत परिक्षण गर्ने गरेको बयान दिएका छन् । 

उनले ति नेपालीहरूलाई बेहोस बनाएर आँखामा पट्टि लगाएर अस्पतालमा ३४ दिन राख्ने र नेपाल फर्काउने गरेको स्वीकारेका छन् । प्रहरीसँगको बयानमा भण्डारीले २५ जना व्यक्तिको मृगौला झिकेको स्वीकार गरेका छन् । यसरी झिकीएका मध्ये एक जनाबापत ६लाख भारु आफूले लिने गरेको र मृगौला बिक्री गर्ने खोज्ने दलाललाई ५० हजार रुपैयाँ नेपाली कमिसन तोकेको पनि स्वीकारेका छन् ।  

उनीसँगै पक्राउ परेका सुजन भारतीले नेपालमा मान्छे खोज्ने र भारत पुर्याउन सहयोग गर्ने गरेको स्वीकार गरेका छन् । त्यसबापत आफूले प्रति व्यक्ति ४० हजार रुपैयाँ कमिसन पाउने गरेको उनले प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकाहरुले २५ हाराहारीको मृगौला बिक्री गरेको दाबी गरेपछि अनुुसन्धानमा एक सय भन्दा धेरै मानिस पीडित भएको हुनसक्ने देखिएको  प्रहरीको भनाई छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।