नेभिगेशन
मुख्य समाचार

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

कैलाली । कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन् ।

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए । फर्किएकामध्ये अधिकांश आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताएका हुन ।

उनले भने, “कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ । हामीले पनि सूचना जारी गरेका छौँ । प्रहरीले पनि खोजीकार्य जारी राखेको छ । छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ ।” कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ । अझैँ ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...