नेभिगेशन
समाज

बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

काठमाडौँ । पाँच पटकका पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा एवम् निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको बुढानीलकण्ठ निवासमा ठूलो मात्रमा नष्ट भएका नेपाली रकम फेला परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुढानिलकण्ठ नगरपालिका १ मा रहेको उक्त निवासलाई जेनजी युवाहरूको समूहले मङ्गलबार आगजनी गरेको थियो । आगजनीका कारण पूर्ण रुपमा ध्वस्त बनेको घरबाट सुरक्षा कर्मीले मुस्किलले देउवा दम्पतीको घाइते अवस्थामा उद्धार गरेको थियो । 

Ncell
Extreme Energy


मङ्गलबार दिउँसो लगाइएको आगो राति कम भएको र रातभर तथा बिहानै अपरिचित मानिसहरूले सो निवासबाट रकम र बहुमूल्य धातुहरू झिकेको सूचना टिकटकमा फेलापरेपछि सिधाकुरा बुधबार अपरान्ह ३ बजे रिपोटिङका लागि पुगेको थियो । 

नेपाली सेना र शसस्त्र प्रहरीको सुरक्षा घेरामा रहेको उक्त घरको अनुगमन गर्दा त्यहाँबाट लुटपाट भएको स्पष्ट देखिन्थ्यो । देउवा निवासको पहिलो तल्लाको प्यासेजको मध्य भागमा रहेको एक अण्डरग्राउण्ड खाडलबाट केही कुरा झिकेको स्पष्टै देखिन्थ्यो । माथिबाट खोल्न मिल्ने मिल्ने ढकनी रहेको उक्त खाडल सिधाकुराले हेर्दा खाली देखिन्थ्यो  र त्यहाँबाट झिकेको बालुवा बाहिर फालेको स्पष्टै देखिन्थ्यो ।   

यस्तै, उक्त निवासमा दक्षिणतर्फको चौरमा सेफ्टी ट्याङ्कीको छेउमा एउटा फुटाइएको कलर भेटिएको थियो । त्यो लकरमा के के थियो र ति कसले लगे भन्ने पनि स्पष्ट छैन् । देउवा निवासको पहिलो तल्लाको पश्चिम र दक्षिणतर्फका दुुई वटा कोठा र त्यसको बीचमा रहेको स साना दुई वटा साना कोठा र त्यहाँ नजिकै रहेका लकर तथा फलामका दराज सबै फेरिएका थिए । तर, जहाँ दराज फोरिएको छ त्यहाँको भुइँमा जलेको अवस्थामा नेपाली रुपैयाँ र अमेरिकी डलर प्रशस्त मात्रामा फेला परेका थिए ।

दुई वटा ठूला कोठा र दुई वटा साना कोठामा ८० प्रतिशतसम्म जलेको झण्डै नोटहरू सयौँका सङ्ख्यामा फेला परेका थिए । फल्ससिलिङ समेत जलेर भुइँमा झरेर ध्वस्त भएको उक्त कोठाहरूमा जलेको नोट मात्रै सङ्कलन गरेर हिसाब निकाल्ने हो भने त्यो लाखौँ पुग्न सक्छ । 

त्यहाँ जलेको अवस्थामा भेटिएको रकम नेपाली पाँच सय, एक हजार र अमेरिकी डलर एक सयका दरका रहेका छन् । सिधाकुराले भिडियो र फोटोमा  खिचेका तस्वीरहरू अनुसार २ वटा ५० रुपैयाँ र एउटा एक सय रुपैयाँको नोट जलेको अवस्थामा फेला परेको थियो । बाँकी सबै एक हजार र पाँच सयका नोटहरू थिए । 
यस्तै दक्षिणतर्फको अर्को एक कोठाको बार्दलीको कुन्नापट्टी भित्ता पनि फोरेर केही वस्तु निकालिएको फेटिएको छ । ति वस्तु के थिए रु कसले निकाले भन्ने खुुलको छैन् । 

विभिन्न सामाजिक सञ्जालमा भेटिएको फोटो तथा भिडियोहरुमा देउवाको घरको सुटकेश देखि रक्सीका बोत्तल समेत लिएर हिंडेको पाइएको थियो । 

बुढानीलकण्ठ क्षेत्रका स्थानीहरुले सिधाकुरासँग गरेको अनौपचारिक कुराकानी अनुसार देउवाको घरमा तीन ओटा कोठाभरी नेपाली र अमेरिकी डलर लुकाएर राखिएको थियो । 

यस्तै, फलामका दराज र लकरहरुमा सुन र हिरा तथा चाँदी जस्ता बहुमूल्य धातुहरू थिए । ति सबै मङ्गलबार दिउँसो घर जलाउनु अघि, सोहीदिन राति र बुधबार बिहान झिकिएको स्थानीयहरु बताउँछन् ।

‘बाहिर शसस्त्र प्रहरी र नेपाली सेना छन् तर भित्र आउन जान कसैलाई रोकतोक छैन्,’ ति स्थानीयले भने,‘यो त अब सरकारको सम्पत्ति हो नी । सरकारको राजश्व लुटेर जोडेको हो नी । यो त सरकारले संरक्षण गरेर अझै खोजतलास गरेर आफ्नो ढुकुटीमा लैजान पर्छ ।’ 

अर्का एक स्थानीयले भने करोडौँ रुपैयाँ मानिसले लगेको दाबी गरे । ‘के के लगे लगे कति लगे तर यहाँबाट आएका मानिसले धेरै कुरा लिएर गएका छन् । त्यो फिर्ता गरेर सरकारीकरण गरिनुपर्छ । ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

पूर्वराष्ट्रपति भण्डारीले एमालेमा फर्कन सक्रियता बढाएपछि उनको सदस्यता नविकरण नगर्ने निर्ण गरेको थियो ।
बजेटका सिद्धान्त र प्राथमिकताः सांसदहरुका आ-आफ्नै सुझाव

बजेटका सिद्धान्त र प्राथमिकताः सांसदहरुका आ-आफ्नै सुझाव

संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामामाथि छलफल भइरहेको छ । दुवै सदनका सांसदहरुले प्राथमिकता राम्रो रहेको बताउँदै व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा...
भिसा विपरित कार्य गरेको आरोपमा जापानी नागरिक पक्राउ

भिसा विपरित कार्य गरेको आरोपमा जापानी नागरिक पक्राउ

सोमबार शंकास्पद क्रियाकलापमा संलग्न रहेको देखेपछि उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको हो। उनले सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र नेपालमा अनुमति नलिई ६...
विराटनगरमा सुकुम्वासी प्रदर्शन, विकल्पसहित उठाउन आग्रह

विराटनगरमा सुकुम्वासी प्रदर्शन, विकल्पसहित उठाउन आग्रह

उनीहरुले विराटनगर स्थित संसारी माइस्थानबाट शुरु गरेको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्नामा दिएका थिए ।