नेभिगेशन
सिधाकुरा विशेष

बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

काठमाडौँ । पाँच पटकका पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा एवम् निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको बुढानीलकण्ठ निवासमा ठूलो मात्रमा नष्ट भएका नेपाली रकम फेला परेको छ । 

बुढानिलकण्ठ नगरपालिका १ मा रहेको उक्त निवासलाई जेनजी युवाहरूको समूहले मङ्गलबार आगजनी गरेको थियो । आगजनीका कारण पूर्ण रुपमा ध्वस्त बनेको घरबाट सुरक्षा कर्मीले मुस्किलले देउवा दम्पतीको घाइते अवस्थामा उद्धार गरेको थियो । 

CG


मङ्गलबार दिउँसो लगाइएको आगो राति कम भएको र रातभर तथा बिहानै अपरिचित मानिसहरूले सो निवासबाट रकम र बहुमूल्य धातुहरू झिकेको सूचना टिकटकमा फेलापरेपछि सिधाकुरा बुधबार अपरान्ह ३ बजे रिपोटिङका लागि पुगेको थियो । 

नेपाली सेना र शसस्त्र प्रहरीको सुरक्षा घेरामा रहेको उक्त घरको अनुगमन गर्दा त्यहाँबाट लुटपाट भएको स्पष्ट देखिन्थ्यो । देउवा निवासको पहिलो तल्लाको प्यासेजको मध्य भागमा रहेको एक अण्डरग्राउण्ड खाडलबाट केही कुरा झिकेको स्पष्टै देखिन्थ्यो । माथिबाट खोल्न मिल्ने मिल्ने ढकनी रहेको उक्त खाडल सिधाकुराले हेर्दा खाली देखिन्थ्यो  र त्यहाँबाट झिकेको बालुवा बाहिर फालेको स्पष्टै देखिन्थ्यो ।   

यस्तै, उक्त निवासमा दक्षिणतर्फको चौरमा सेफ्टी ट्याङ्कीको छेउमा एउटा फुटाइएको कलर भेटिएको थियो । त्यो लकरमा के के थियो र ति कसले लगे भन्ने पनि स्पष्ट छैन् । देउवा निवासको पहिलो तल्लाको पश्चिम र दक्षिणतर्फका दुुई वटा कोठा र त्यसको बीचमा रहेको स साना दुई वटा साना कोठा र त्यहाँ नजिकै रहेका लकर तथा फलामका दराज सबै फेरिएका थिए । तर, जहाँ दराज फोरिएको छ त्यहाँको भुइँमा जलेको अवस्थामा नेपाली रुपैयाँ र अमेरिकी डलर प्रशस्त मात्रामा फेला परेका थिए ।

दुई वटा ठूला कोठा र दुई वटा साना कोठामा ८० प्रतिशतसम्म जलेको झण्डै नोटहरू सयौँका सङ्ख्यामा फेला परेका थिए । फल्ससिलिङ समेत जलेर भुइँमा झरेर ध्वस्त भएको उक्त कोठाहरूमा जलेको नोट मात्रै सङ्कलन गरेर हिसाब निकाल्ने हो भने त्यो लाखौँ पुग्न सक्छ । 

त्यहाँ जलेको अवस्थामा भेटिएको रकम नेपाली पाँच सय, एक हजार र अमेरिकी डलर एक सयका दरका रहेका छन् । सिधाकुराले भिडियो र फोटोमा  खिचेका तस्वीरहरू अनुसार २ वटा ५० रुपैयाँ र एउटा एक सय रुपैयाँको नोट जलेको अवस्थामा फेला परेको थियो । बाँकी सबै एक हजार र पाँच सयका नोटहरू थिए । 
यस्तै दक्षिणतर्फको अर्को एक कोठाको बार्दलीको कुन्नापट्टी भित्ता पनि फोरेर केही वस्तु निकालिएको फेटिएको छ । ति वस्तु के थिए रु कसले निकाले भन्ने खुुलको छैन् । 

विभिन्न सामाजिक सञ्जालमा भेटिएको फोटो तथा भिडियोहरुमा देउवाको घरको सुटकेश देखि रक्सीका बोत्तल समेत लिएर हिंडेको पाइएको थियो । 

बुढानीलकण्ठ क्षेत्रका स्थानीहरुले सिधाकुरासँग गरेको अनौपचारिक कुराकानी अनुसार देउवाको घरमा तीन ओटा कोठाभरी नेपाली र अमेरिकी डलर लुकाएर राखिएको थियो । 

यस्तै, फलामका दराज र लकरहरुमा सुन र हिरा तथा चाँदी जस्ता बहुमूल्य धातुहरू थिए । ति सबै मङ्गलबार दिउँसो घर जलाउनु अघि, सोहीदिन राति र बुधबार बिहान झिकिएको स्थानीयहरु बताउँछन् ।

‘बाहिर शसस्त्र प्रहरी र नेपाली सेना छन् तर भित्र आउन जान कसैलाई रोकतोक छैन्,’ ति स्थानीयले भने,‘यो त अब सरकारको सम्पत्ति हो नी । सरकारको राजश्व लुटेर जोडेको हो नी । यो त सरकारले संरक्षण गरेर अझै खोजतलास गरेर आफ्नो ढुकुटीमा लैजान पर्छ ।’ 

अर्का एक स्थानीयले भने करोडौँ रुपैयाँ मानिसले लगेको दाबी गरे । ‘के के लगे लगे कति लगे तर यहाँबाट आएका मानिसले धेरै कुरा लिएर गएका छन् । त्यो फिर्ता गरेर सरकारीकरण गरिनुपर्छ । ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ...
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...

भर्खरै