नेभिगेशन
सबै कुरा

स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहन प्रधानसेनापतिकाे निर्देशन

२४ भदौ, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको  क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन  सेनालाई निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।’

Ncell
Extreme Energy

सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकलदर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए । 

प्रधानसेनापति शर्माले, ‘लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीअनुसार सदैव चलिरहन्छ ।’

उनले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापति शर्माले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरे। उनले कर्तव्यपालनाको सिलसिलामा घाइते भएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहेको सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका गरेका छन् । 

प्रधान सेनापति शर्माले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमा उपरथीमा पदोन्नति भएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दज्र्यानी चिन्ह समेत प्रदान गरेका छन् । 

सो अवसरमा उनले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन ‘कल्याणकारी दर्पण’, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन ‘केटिएफटी जर्नल’को तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको  पुस्तक पनि विमोचन गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ ।
सर्वोच्चका रजिस्ट्रार उच्च अदालतको न्यायाधीश सिफारिस, न्याय परिषदले अरू के के गर्यो निर्णय ? (सूचीसहित)

सर्वोच्चका रजिस्ट्रार उच्च अदालतको न्यायाधीश सिफारिस, न्याय परिषदले अरू के के गर्यो निर्णय ? (सूचीसहित)

मंगलबार बसेको न्याय परिषद्‍को बैठकले पोखरेललाई उच्च अदालत सुुर्खेतको न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा...