नेभिगेशन
नेताका कुरा

सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखको कार्यकक्षमा केही बेरअघि भएको भेटमा आङ्देम्बेले सर्वदलीय बैठकमा उच्चस्तरीय समिति गठन गर्ने भनिएकोमा त्यस्तो कुनै समिति नबनेको विषयमा सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

Marvel
Extreme Energy

सरकार र राजनीतिक दलहरुले सर्वदलीय समिति नबनाइरहेको अवस्थामा संसदले नै उच्चस्तरीय समिति गठन गर्न सक्ने र त्यसका लागि सभामुखले पहल गर्नुपर्ने आङ्देम्बेको भनाइ थियो ।

आङ्देम्बेसँगको भेटमा सभामुखले यसबारेमा सरकार र अन्य राजनीतिक दलहरुसँग पनि छलफल गर्ने बताएको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेसले अचानक किन बोलायो प्रतिपक्षी दलहरूको बैठक ?

कांग्रेसले अचानक किन बोलायो प्रतिपक्षी दलहरूको बैठक ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।
राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण सुरु

राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण सुरु

पश्चिम राप्ती नदीको बाढी जोखिम न्यूनीकरण तथा दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माणको काम अघि बढाइएको छ ।
गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन भएको भन्ने समाचार भ्रामक रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
किन बस्दैछ कांग्रेस संसदीय दलको बैठक ?

किन बस्दैछ कांग्रेस संसदीय दलको बैठक ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।