नेभिगेशन
समाज

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन, वार्षिक १५ लाख आम्दानी

सुनसरी । सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ता व्यावसायिक च्याउखेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले उनले २०७७ सालमा भाइ भरतसँग मिलेर ५० हजार रुपैयाँको लगानीमा च्याउखेती सुरु गरेका थिए । अहिले सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको गुप्ताले बताए ।

Marvel
Extreme Energy

च्याउखेती सुरु गरेको पहिलो वर्ष घाटा व्यहोर्नुपरे पनि पछिल्ला वर्षमा आम्दानी बढ्दै गएको उनले बताए । अहिले करिब छ कट्ठा क्षेत्रफलमा छवटा टनेल निर्माण गरी च्याउखेती गर्दै आएका गुप्ताको फार्ममा दैनिक २०० किलोभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ । वार्षिक ३० टनभन्दा बढी च्याउ उत्पादन गरी बजारमा बिक्री गर्दै आएको उनले जानकारी दिए ।

उनका अनुसार उत्पादित च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, बराहक्षेत्र, चतरा र आसपासका स्थानीय बजारमा बिक्री हुने गरेको छ । च्याउ बिक्रीका लागि बजारको अभाव नरहेको उनको भनाइ छ । हाल च्याउ प्रतिकिलो १८० देखि १९० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । फार्मबाटै खरिद गर्ने व्यापारीले भने केही सस्तोमा लैजाने गरेका छन् ।

“गत वर्षको तुलनामा यस वर्ष च्याउको मूल्य घटेको छ”, गुप्ताले भने । गर्मी मौसमको तुलनामा जाडोयामका मङ्सिर, पुस र माघ महिनामा च्याउको मूल्य राम्रो हुने गरेको उनले बताए । ती महिनामा प्रतिकिलो २२० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ ।

“विदेशमा धेरै मिहिनेत गर्दा पनि कमाइले खर्च धान्न कठिन हुन्थ्यो”, उनले भने, “स्वदेशमै व्यवसाय गर्दा आफूले आम्दानी गर्नुका साथै अरूलाई पनि रोजगारी दिन सकेकाले सन्तुष्टि मिलेको छ ।”

अहिले उनको फार्ममा छ जना कामदार कार्यरत छन् । परिवारका सदस्यले पनि च्याउखेतीमा सहयोग गर्दै आएका छन् । च्याउ टिप्ने, व्यवस्थापन गर्ने र बजारसम्म पुर्‍याउने काम परिवारका सदस्य मिलेर गर्ने गरेको उनले बताए ।

“च्याउखेतीका लागि धेरै जग्गा आवश्यक पर्दैन”, गुप्ताले भने, “थोरै क्षेत्रफलबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।” चैतमा लगाइएको च्याउ वैशाखको अन्तिम सातादेखि टिप्न योग्य हुने र वर्षमा करिब १० महिनासम्म उत्पादन लिन सकिने उनले जानकारी दिए ।

सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या भोग्नुपरे पनि अनुभव र सीप बढ्दै जाँदा उत्पादन तथा आम्दानी दुवै बढेको गुप्ताले बताए । उनका अनुसार च्याउखेतीका लागि विशेषगरी पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्छ । खेतीमा कुनै पनि विषादी प्रयोग नगरी च्याउ उत्पादन गरिने भएकाले अग्र्यानिक च्याउको माग बढ्दै गएको उनको भनाइ छ ।

गुप्ताले २०८० सालमा सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख रुपैयाँ र बराहक्षेत्र नगरपालिकाबाट ९० हजार रुपैयाँ अनुदान प्राप्त गरेका थिए । त्यसैगरी, नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनीट्याक्टर, सफारी, टनेललगायत खेतीका लागि आवश्यक सामग्री प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न थप सहज भएको उनले बताए ।

“थोरै दुःख र मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ”, गुप्ताले भने, “युवा वैदेशिक रोजगारीमा जानैपर्छ भन्ने छैन । गाउँमै थोरै लगानीमा व्यवसाय सञ्चालन गरेर पनि जीवन चलाउन सकिन्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले किन बोलायो अचानक प्रतिपक्षी दलहरूको बैठक ?

कांग्रेसले किन बोलायो अचानक प्रतिपक्षी दलहरूको बैठक ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।
राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण सुरु

राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण सुरु

पश्चिम राप्ती नदीको बाढी जोखिम न्यूनीकरण तथा दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माणको काम अघि बढाइएको छ ।
गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन भएको भन्ने समाचार भ्रामक रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
किन बस्दैछ कांग्रेस संसदीय दलको बैठक ?

किन बस्दैछ कांग्रेस संसदीय दलको बैठक ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।