नेभिगेशन
सबै कुरा

सरुवा नपाएपछि विमानस्थल भन्सारका कर्मचारी पेन डाउन नै गरेर आन्दोलनमा

२४ भदाै, काठमाडाै‌ - सरकारी निकायसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिनाकारण आफूहरुले मानसिक तनाव भोग्नुपरेको भन्दै उनीहरुले भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी गराईआइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् ।

Ncell
Extreme Energy

त्यस्तै उनीहरुले आगामी भदौ २५ र २६ गते कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने घोषणा समेत गरेका छन् ।

गत साउन २ गते विमानस्थलबाट ६० किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भएपनि आफूहरुले असल नियतले प्रशासनिक कार्य सम्पादन गरेको दाबी गर्दै उनीहरुले आफूहरुले विभिन्न निकायबाट मानसिक यातना भोग्नुपरेको उनीहरुको भनाई छ । 

त्यतिमात्र नभएर भदौ २७ गतेसम्म आफ्ना मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यसमेत प्रभावित हुन सक्ने चेतावनी उनीहरुको चेतावनी छ ।

त्यस्तै काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा माग गरेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले पुनः विभिन्न ५ बुँदे माग राख्दै संघर्ष सुरू गरेका हुन् ।

यस्तो छ मागपत्र :


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ ।
सर्वोच्चका रजिस्ट्रार उच्च अदालतको न्यायाधीश सिफारिस, न्याय परिषदले अरू के के गर्यो निर्णय ? (सूचीसहित)

सर्वोच्चका रजिस्ट्रार उच्च अदालतको न्यायाधीश सिफारिस, न्याय परिषदले अरू के के गर्यो निर्णय ? (सूचीसहित)

मंगलबार बसेको न्याय परिषद्‍को बैठकले पोखरेललाई उच्च अदालत सुुर्खेतको न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा...