नेभिगेशन
सबै कुरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

२५ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धादिङको ज्वालामुखी गाउँपालिका–१  घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

Ncell
Extreme Energy

ठगी गरेको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ ।
सर्वोच्चका रजिस्ट्रार उच्च अदालतको न्यायाधीश सिफारिस, न्याय परिषदले अरू के के गर्यो निर्णय ? (सूचीसहित)

सर्वोच्चका रजिस्ट्रार उच्च अदालतको न्यायाधीश सिफारिस, न्याय परिषदले अरू के के गर्यो निर्णय ? (सूचीसहित)

मंगलबार बसेको न्याय परिषद्‍को बैठकले पोखरेललाई उच्च अदालत सुुर्खेतको न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा...