नेभिगेशन
सबै कुरा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा भन्सार जाँचपास बन्द

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आज भन्सार जाँचपास बन्द गरेका छन् । सुन तस्करी प्रकरणमा आफूहरुमाथि बिभिन्न निकायले अनावश्यक धरपकड गरेको उनीहरु आक्रोसित छन् । 

भन्सार कार्यालयका कर्मचारीले बिभिन्न आन्दोलनका कार्यक्रहरु समेत घोषण गरेका छन् । सोही अनुसार हिजो आइतबार उनीहरुले ३ घण्टा पेन डाउन गरेका थिए । र आज उनीहरुले जाँचपास बन्द गरेका हुन् । 

Dish Home
Global Ime Bank

६० किलो सुन प्रकरणमा अहिलेसम्म भन्सार कार्यालयका ६ जना कर्मचारी पक्राउ परेका छन् । 

उनीहरुल सुनको सेटिङ गर्ने माथिल्ला कर्मचारी तथा संलग्न शिर्ष व्यक्तिहरुलाई कुनै कारवाही नगरी कर्मचारीमाथि मात्र निरन्तर प्रहार भएको बताएका छन् । सोही कारण केही दिनअघि उनीहरुले भन्सार विभागका प्रमुखलाई पत्र लेख्दै १ सय ३७ जनाले सामूहिक सरुवा माग गरेका थिए । सो माग सम्बोधन नभएपछि उनीहरुले आइतबारबाट आन्दोलनका कार्यक्रम घोषण गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदनमा राप्रपा र रास्वपाको विरोध, माओवादी पछि हट्यो

सदनमा राप्रपा र रास्वपाको विरोध, माओवादी पछि हट्यो

सभामुख देवराज घिमिरेले बैठक आरम्भ गरेपछि उनीहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्नको लागि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नको लागि...
अब संसद खुल्छः प्रचण्ड

अब संसद खुल्छः प्रचण्ड

नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब संसद बैठक चल्ने बताएका छन् । एमाले र कांग्रेससँग सहमतिपछि प्रचण्डले यस्तो बताएका हुन् ।
सुनचाँदीमा विलासिता कर र भ्याट नहटाए थप आन्दोलन गर्ने व्यवसायीको चेतावनी

सुनचाँदीमा विलासिता कर र भ्याट नहटाए थप आन्दोलन गर्ने व्यवसायीको चेतावनी

उनीहरुले अहिले सरकारले लिईरहेको सुन आयातमा १० प्रतिशत भंसार र १० लाख रुपैया भन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन्...
संसद चलाउन कांग्रेस, एमाले र माओवादी सहमत, रास्वपाले छोडेन अडान

संसद चलाउन कांग्रेस, एमाले र माओवादी सहमत, रास्वपाले छोडेन अडान

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्नो अडान छोडेको छैन । अन्य विपक्षी दलहरु आफ्नो अडानबाट पछि हटेपनि आफूहरु एक्लै उभिने रास्वपाका एक सांसदले बताए ।