नेभिगेशन
सबै कुरा

१६ दिनदेखि बेपत्ता मेजर बिमल पण्डितको शव फेला

२६ भदौ - गत भदौ १० गतेदेखि बेपत्ता मेजर बिमल पण्डितको शव मंगलबार भेरी नदीमा भेटिएको छ। 

त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव फेला परेको हो।

डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजरलाई भेरीमा माछा मार्न जाल खेल्ने क्रममा स्थानीय शिवकमल सार्कीले भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए।

मृत अवस्थामा फेला परेका उनको शव दुईवटा ढुङ्गाको खोल्सामा भेटिएको थियो जहाँ उनको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी समेत भेटिएको थियो ।

शव फेला परेको ठाउँका प्रत्यक्षदर्शी र स्थानीयको उपस्थितीमा मुचुल्का उठाई पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल दुनैमा लगिएको छ ।

त्यस्तै शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए। 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’ प्रकरणपछि सत्तामा नैतिक संकट, बर्खास्तको माग

मन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’ प्रकरणपछि सत्तामा नैतिक संकट, बर्खास्तको माग

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त प्रकरणलाई गम्भीर भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गर्दै तुरुन्त एक्सन लिनुपर्ने बताएका छन् ।
काठमाडौँ महानगरले आज २५ अर्ब हाराहारीको बजेट ल्याउने

काठमाडौँ महानगरले आज २५ अर्ब हाराहारीको बजेट ल्याउने

काठमाडौँ महानगरपालिकाले २५ अर्बको सीमामा रहेर बजेट ल्याउने गरि सीमा निर्धारण गरेको छ। शुक्रबारको बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गरिने...
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय...
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।