नेभिगेशन
सबै कुरा

१६ दिनदेखि बेपत्ता मेजर बिमल पण्डितको शव फेला

२६ भदौ - गत भदौ १० गतेदेखि बेपत्ता मेजर बिमल पण्डितको शव मंगलबार भेरी नदीमा भेटिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव फेला परेको हो।

Ncell
Extreme Energy

डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजरलाई भेरीमा माछा मार्न जाल खेल्ने क्रममा स्थानीय शिवकमल सार्कीले भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए।

मृत अवस्थामा फेला परेका उनको शव दुईवटा ढुङ्गाको खोल्सामा भेटिएको थियो जहाँ उनको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी समेत भेटिएको थियो ।

शव फेला परेको ठाउँका प्रत्यक्षदर्शी र स्थानीयको उपस्थितीमा मुचुल्का उठाई पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल दुनैमा लगिएको छ ।

त्यस्तै शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए। 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा...
नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो । यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर  छ भने...
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।