नेभिगेशन
सबै कुरा

सुवासचन्द्र नेम्वाङका दुवै छोरा आइपुगे नेपाल, भोलि अन्तिम दाहसंस्कार

२७ भदौ, काठमाडौं – दिवंगत एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि नेपाल आइपुगेका छन् । अष्ट्रेलिया र बेलायत रहेका उनका छोरा काठमाडौँ आइपुगेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका उनका कान्छा छोरा सुहाङ नेम्वाङ हिजोनै नेपाल आएका हुन् भने बेलायतमा रहेका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट आज नेपाल आइपुगेका हुन् । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।

Ncell
Extreme Energy

विदेशबाट फर्किएका दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । 

छोराहरु नेपाल आइसकेपछि नेम्वाङको दाहसंस्कार भोलि हुने भएको छ । उनको दाहसंस्कार हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे गरिने छ । उनको निधनको शोकमा सरकारले समेत भोली देशभर सार्वजनिक बिदा दिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा...
नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो । यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर  छ भने...
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।