नेभिगेशन
सबै कुरा

सुवासचन्द्र नेम्वाङका दुवै छोरा आइपुगे नेपाल, भोलि अन्तिम दाहसंस्कार

२७ भदौ, काठमाडौं – दिवंगत एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि नेपाल आइपुगेका छन् । अष्ट्रेलिया र बेलायत रहेका उनका छोरा काठमाडौँ आइपुगेका हुन् । 

केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका उनका कान्छा छोरा सुहाङ नेम्वाङ हिजोनै नेपाल आएका हुन् भने बेलायतमा रहेका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट आज नेपाल आइपुगेका हुन् । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।

विदेशबाट फर्किएका दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । 

छोराहरु नेपाल आइसकेपछि नेम्वाङको दाहसंस्कार भोलि हुने भएको छ । उनको दाहसंस्कार हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे गरिने छ । उनको निधनको शोकमा सरकारले समेत भोली देशभर सार्वजनिक बिदा दिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, १९ जना अझै बेपत्ता

रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, १९ जना अझै बेपत्ता

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको...
धौलीगङ्गाको बाँध खोलियोः महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

धौलीगङ्गाको बाँध खोलियोः महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ । पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा...
आजको मौसमः यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको...
आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।

भर्खरै