नेभिगेशन
सबै कुरा

उपनिर्वाचनमा रास्वपाका उम्मेदवारमाथि सत्ता पक्षबाटै असुरक्षा भयो: गणेश पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उप निर्वाचनमा आफ्नो उम्मेदवारमाथि सरकारबाटै असुरक्षा बढेको दाबी गरेको छ। आइतबार पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले यस्तो दाबी गरेको छ । सो पार्टीका निर्वाचन परिचालन समितिका संयोजक एवम् प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘रास्वपा उपनिर्वाचनमा होमिएको छ, तर राज्यबाटै हाम्रा उम्मेदवार असुरक्षित बनेका छन्,’ सांसद पराजुलीले भने,‘हाम्रो उम्मेदवारलाई धाकधम्की र अपहरणको प्रयास भएको बताएको छ ।’ 

Ncell
Extreme Energy

हुम्ला र मधेश प्रदेशका केही स्थानमा उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका व्यक्तिलाई सत्तारुढ दल नेपाली कांग्रेसका सदस्यहरूले दुर्व्यवहार र कुटपिट समेत गरिएको उनले बताए । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचनमा उम्मेदवारी दिन तयारी गरिरहेकी सुजाता थापा र उनका श्रीमान बल थापालाई  शनिबार दिउँसो  करिब ४०–४५ जनाको समूहले घरबाटै लछारपछार गरी अपहरणको शैलीमा अज्ञात स्थलमा लगेको रास्वपाले जनाएको छ ।

‘अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेका छन्,’ नेता पराजुलीले भने । रास्वपासहित सबै दलका उम्मेदवारको सुरक्षाको माग पनि उनले गरे ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...