नेभिगेशन
सबै कुरा

उपनिर्वाचनमा रास्वपाका उम्मेदवारमाथि सत्ता पक्षबाटै असुरक्षा भयो: गणेश पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उप निर्वाचनमा आफ्नो उम्मेदवारमाथि सरकारबाटै असुरक्षा बढेको दाबी गरेको छ। आइतबार पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले यस्तो दाबी गरेको छ । सो पार्टीका निर्वाचन परिचालन समितिका संयोजक एवम् प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘रास्वपा उपनिर्वाचनमा होमिएको छ, तर राज्यबाटै हाम्रा उम्मेदवार असुरक्षित बनेका छन्,’ सांसद पराजुलीले भने,‘हाम्रो उम्मेदवारलाई धाकधम्की र अपहरणको प्रयास भएको बताएको छ ।’ 

Ncell
Extreme Energy

हुम्ला र मधेश प्रदेशका केही स्थानमा उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका व्यक्तिलाई सत्तारुढ दल नेपाली कांग्रेसका सदस्यहरूले दुर्व्यवहार र कुटपिट समेत गरिएको उनले बताए । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचनमा उम्मेदवारी दिन तयारी गरिरहेकी सुजाता थापा र उनका श्रीमान बल थापालाई  शनिबार दिउँसो  करिब ४०–४५ जनाको समूहले घरबाटै लछारपछार गरी अपहरणको शैलीमा अज्ञात स्थलमा लगेको रास्वपाले जनाएको छ ।

‘अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेका छन्,’ नेता पराजुलीले भने । रास्वपासहित सबै दलका उम्मेदवारको सुरक्षाको माग पनि उनले गरे ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।