नेभिगेशन
सबै कुरा

सर्वोच्चलाई रास्वपाले सम्झायो अदालतबारे गगन थापा, राम कुमारी झाँक्री र शम्भु थापाको अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नेताहरुमाथि अदालतमा हालिएको मुद्दा नोटिसमा रहेको जनाएको छ । सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोध विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्न आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै रास्वपाले यस्तो भनाई सार्वजनिक गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको आन्दोलन विरुद्ध सर्वोच्चमा मुद्दा परेको तर फेरि दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ नी रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मुद्दा नोटिसमा रहेको बताएका हुन् । 

Ncell
Extreme Energy

सभापतिको पक्षमा गरिएको आन्दोलन अदालत प्रवेश नगरेको भन्दै प्रवक्ता झाले कानुनी प्रक्रियामा नभई आफूहरू कानुनी छिद्रमा टेकेर  गरिएको राजनीतिक प्रतिशोधको विरोध गरेको बताए ।   

न्यायलय र यसको पक्षधरताबारे धेरै कुरा सार्वजनिक नोटिसमा रहेको भन्दै नेता झाले भने, ‘सर्वोच्च अदालतले दुई पटक दरपिठ गरेको मुद्दा दर्ता भएको छ । हामीले नोटिस गरेका छौँ,’ उनले भने,‘ दिलभुषण पाठकको अन्तरवार्तामा शम्भु थापाले भन्नु भएको छ । अस्ति भर्खरै एउटा पत्रिकाको कन्क्लेभमै दलसँग प्रधानन्यायाधीशको सम्बन्धबारे गगन थापाले भन्नु भएको छ । हामीले कता कता रामकुमारी झाँक्रीको कुरा पनि सुनिरहेका छौँ ।मन्त्री हुँदा कसरी गए मुद्दा यसो गरिदिएँ उसो गरिदिएँ भनेर उहाँले भन्नु भएको छ ।’

नेता झाले रवि लामिछानेको केशमा यस्तो राजनीतिक अभ्यास नगर भनेर भनेको पनि प्रष्ट्याए । ‘ तपाईंहरुबाट निष्पक्षताको आश गर्छौँ भनेर सडकबाट बोल्न नपाइने त होइन होला’ झाले थपे, ‘हामी न्यायपालिकाबाट निष्पक्षताको आश गर्छौँ, तपाईं हिजो जतासुकै सदस्य हुनुहुन्थ्यो । जे सुकै अभ्यास थियो । तर, अहिले तपाईं यो जिम्मेवारीमा हुनुहुन्छ र त्यहाँ चाँही हामी जिम्मेवारपूर्ण संविधानको हक र निष्पक्ष न्याय प्रणालीको हक राख्छौँ भनेर हामीले भन्न पाउँछौँ । र न्यायलयबाट र संविधानबाट त्यो अपेक्षा राख्न हामीले पाउँछौँ ।’ नेता झाले न्यायलयको प्रक्रियामा सघाउने प्रष्ट्याए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...