नेभिगेशन
सबै कुरा

सर्वोच्चलाई रास्वपाले सम्झायो अदालतबारे गगन थापा, राम कुमारी झाँक्री र शम्भु थापाको अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नेताहरुमाथि अदालतमा हालिएको मुद्दा नोटिसमा रहेको जनाएको छ । सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोध विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्न आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै रास्वपाले यस्तो भनाई सार्वजनिक गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको आन्दोलन विरुद्ध सर्वोच्चमा मुद्दा परेको तर फेरि दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ नी रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मुद्दा नोटिसमा रहेको बताएका हुन् । 

Ncell
Extreme Energy

सभापतिको पक्षमा गरिएको आन्दोलन अदालत प्रवेश नगरेको भन्दै प्रवक्ता झाले कानुनी प्रक्रियामा नभई आफूहरू कानुनी छिद्रमा टेकेर  गरिएको राजनीतिक प्रतिशोधको विरोध गरेको बताए ।   

न्यायलय र यसको पक्षधरताबारे धेरै कुरा सार्वजनिक नोटिसमा रहेको भन्दै नेता झाले भने, ‘सर्वोच्च अदालतले दुई पटक दरपिठ गरेको मुद्दा दर्ता भएको छ । हामीले नोटिस गरेका छौँ,’ उनले भने,‘ दिलभुषण पाठकको अन्तरवार्तामा शम्भु थापाले भन्नु भएको छ । अस्ति भर्खरै एउटा पत्रिकाको कन्क्लेभमै दलसँग प्रधानन्यायाधीशको सम्बन्धबारे गगन थापाले भन्नु भएको छ । हामीले कता कता रामकुमारी झाँक्रीको कुरा पनि सुनिरहेका छौँ ।मन्त्री हुँदा कसरी गए मुद्दा यसो गरिदिएँ उसो गरिदिएँ भनेर उहाँले भन्नु भएको छ ।’

नेता झाले रवि लामिछानेको केशमा यस्तो राजनीतिक अभ्यास नगर भनेर भनेको पनि प्रष्ट्याए । ‘ तपाईंहरुबाट निष्पक्षताको आश गर्छौँ भनेर सडकबाट बोल्न नपाइने त होइन होला’ झाले थपे, ‘हामी न्यायपालिकाबाट निष्पक्षताको आश गर्छौँ, तपाईं हिजो जतासुकै सदस्य हुनुहुन्थ्यो । जे सुकै अभ्यास थियो । तर, अहिले तपाईं यो जिम्मेवारीमा हुनुहुन्छ र त्यहाँ चाँही हामी जिम्मेवारपूर्ण संविधानको हक र निष्पक्ष न्याय प्रणालीको हक राख्छौँ भनेर हामीले भन्न पाउँछौँ । र न्यायलयबाट र संविधानबाट त्यो अपेक्षा राख्न हामीले पाउँछौँ ।’ नेता झाले न्यायलयको प्रक्रियामा सघाउने प्रष्ट्याए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।