नेभिगेशन
सबै कुरा
प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गानाः

‘राजदूत बन्ने प्रस्ताव सुनाउँदा जागिर खान होइन, राज्यको सेवा गर्न जन्मिएका हो भन्ने जवाफ दिनुभयो’

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आफ्ना गुरु पूर्वसभामुख दमनाथ ढुङ्गानासँग बिताएका पलहरु तथा उनले दिएको शिक्षा दिक्षा झलझली याद आइरहेको छ । उनलाई आफ्ना गुरुको निधनले  मर्माहत बनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“मेरा गुरु निष्कलङ्क छवि, असल चरित्र, निष्ठावान, नैतिक धरातलमा रहने, सक्षम र अध्ययनशील हुनुहुन्थ्यो । उहाँका तीन पाटा छन्, पत्रकार, कानुन व्यवसायी र सभामुख”, प्रधानन्यायाधीश राउतले भने, “उहाँसँग जुनसुकै विषयमा पनि ज्ञान थियो ।” वरिष्ठ अधिवक्तासमेत रहेका पूर्वसभामुख ढुङ्गाना असाध्यै अध्ययन गर्ने कानुन व्यवसायी भएको उनको भनाइ छ । 

“अध्ययन धेरै गर्नुहुन्थ्यो, काठमाडौँबाट प्रकाशन हुने प्रायः सबै पत्रिका पढ्नुहुन्थ्यो”, प्रधानन्यायाधीश राउतले विगत स्मरण गर्दै भने, “बिहान निस्किने पत्रिका मात्र होइन्, सन्ध्याकालीन पत्रिका पनि किनेर पढनुहुन्थ्यो ।”

पूर्वसभामुख ढुङ्गानालाई दर्शन, साहित्य, स्वाथ्य, शिक्षालगायत विषयमा ज्ञान थियो । उनले जहिले पनि देशको हितका विषयमा मात्र कुरा गर्नेगरेको प्रधानन्यायाधीश राउत बताउँछन् । “म दमननाथ गुरुको शिष्य हुँ, उहाँले मलाई कानुन व्यवसाय सिकाउनु भएको हो, कहिले पनि उहाँले आफ्नो स्वार्थका लागि काम गर्नुभएन”, उनले भने, “संसदीय अभ्यासमा ढुङ्गानाको ठूलो योगदान छ, संसद्मा रुलिङ गर्नुपर्छ भनेर पहिला नै संसदीय अभ्यासको सम्पूर्ण विषयमा पढेर जानकारी लिनुुहुन्थ्यो, एकदमै दक्ष, प्रस्तुति र लेखनमा निपूर्ण हुनुहुन्थ्यो, वकालत सँगसगै विभिन्न पत्रिकामा आफ्ना विचार लेख्नुहुन्थ्यो ।”

प्रधानन्यायाधीश राउतको पूर्वसभामुख ढुङ्गानासँग २०३९ फागुनमा भेट भएको थियो । “कानुन पढ्दै गर्दा भेट भएको हो । ढुङ्गानाको ‘ल फर्म’ पुतलीसडकमा थियो । त्यही बेला वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादव र वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग भेट भएको थियो”,  प्रधानन्यायाधीश राउतलाई अहिले पनि सम्झना छ ।

पूर्वसभामुख ढुङ्गाना नेपाली मात्र होइन, विदेशका पत्रपत्रिका पनि राम्रैसँग अध्ययन गर्थे । उनलाई बाटोमा हिँड्दा धेरैले सम्मान गर्ने गरेको  प्रधानन्यायाधीश राउतको स्मृतिमा ताजै छ । “वकिल हुँदा उहाँसँग हिँड्दा धेरैले सम्मान गर्थे, बाटोमा हिँड्दा परैबाट आएर पनि नमस्कार गर्ने गर्थे”, प्रधानन्यायाधीश राउतले भने, “उहाँ असाध्यै निष्ठाको मान्छे हो । उहाँबाट सिक्नलायक विषय धेरै थिए, जुनसुकै विषयमा अब्बल, हरेक समस्याको समाधान गर्न सक्ने हुनुहुथ्यो ।” त्यो बेला ढुङ्गानाले भाषण गरेपछि कार्यपत्र खोज्न वकिल धेरै दिनसम्म नेपाल बार एसोसिएशन वरिपरि घुम्ने गरेका उनी सुनाउँछन् । आफ्नो गुरुको बौद्धिकता र सरल व्यक्तित्व अहिले पनि प्रधानन्यायाधीश राउतको स्मृतिमा झलझली आउँछ ।

“वकिल हुँदा दमन ढुङ्गाना मात्रै भनिन्थ्यो, सभामुख भए पछि मात्र दमननाथ भनेर लेख्न थालियो”, उनले विगत सम्झिदै भने, “सभामुख हुँदा पनि उहाँले राज्यबाट केही सुविधा लिनु भएन, मानिस स्वाभिमानी हुनुहुपर्छ भन्नुहुन्थ्यो, शक्ति र सत्ताको पछि उहाँ कहिलै लाग्नुभएन ।”

सभामुख हुँदा पनि ढुङ्गानाले राज्यबाट पाउने सुविधा नलिएर आफ्नै सवारीसाधनमा आउने जाने गर्थे । उनको नेपाली, अङ्ग्रेजी र नेवारी भाषामा राम्रो दक्षता थियो । “भर्खर प्रजातान्त्र आएको बेलामा ‘सरकार बहुमतको हुन्छ’ र  ‘संसद् भनेको प्रतिपक्षको हो’ भनेर उहाँले स्थापित गर्नुभयो”, प्रधानन्यायाधीश राउतले भने, “ढुङ्गानालाई २०५२ सालमा अमेरिका, बेलायत र भारतमध्ये एक ठाउँमा छानेर राजदूत बन्नुस भनेर तत्कालीन कानुनमन्त्रीको प्रस्ताव मैले सुनाएको थिएँ, कानुनमन्त्रीले सिधैँ उहाँलाई भन्ने आँट गर्नुभएन, मैले नै उक्त प्रस्ताव राखेँ । उहाँ पहिलो पटक मसँग रिसाउनुभयो, म जागिर खान जाने होइन, राज्यको सेवा गर्न जन्मिएका हो भन्नुभयो”, उतिबेलाको प्रसङरग सम्झिँदै प्रधानन्यायाधीश राउतले भने । 

प्रधानन्यायाधीश राउतले आफ्ना गुरु ढुङ्गानाबाटै कानुनका विषयमा पढ्न, लेख्न र बोल्न सिके । “गुरुको पथमा हिँडेर नै आज म यस ठाउँसम्म आइपुगेको हुँ, मलाई उहाँले नै शिक्षित र दीक्षित गर्नुभएको हो”, उनले भने, “न्यायालयको परिर्वतन गर्न सल्लाह दिनुभएको थियो, केही राम्रो गरोस भन्ने चाहाना राख्नुभएको थियो ।”

न्यायपालिकाको सुधारमा लाग्नु भनेर प्रोत्साहन गर्ने गुरुले आफ्नो शिष्य प्रधानन्यायाधीश बनेको हेर्न पाए । तर सम्पूर्ण काम भने हेर्न पाएनन् । “म ४४ वर्षदेखि गुरुको छत्रछायामा थिए, सधैँ मलाई सम्झनुहुन्थ्यो, खोजिरहनुहुन्थ्यो, न्यायालयको सुधारमा ध्यान दिनुस् भन्नुहुन्थ्योे”, प्रधानन्यायाधीश राउतले भने, “गत शनिबार घरमै भेटेर आएको थिएँ, गुरु–शिष्यको त्यही नै अन्तिम भेट रहेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ओलीलाई समवेदना दिदै बालेनले भने, ‘पिताजस्तो देवता कोही छैन, पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

ओलीलाई समवेदना दिदै बालेनले भने, ‘पिताजस्तो देवता कोही छैन, पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

उनले भने, ‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। पूर्व प्रधानमन्त्री केपी शर्मा ज्यूलाई पर्न...
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनी दुई साताअघि नै नेपाल आएका थिए । स्वीट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन् । एएफसी प्रो–लाइसेन्स...
इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

यससँगै नेपालमा अनअराइवल भिसा प्राप्त नहुने मुलुकको सङ्ख्या १३ पुगेको अध्यागमन विभागले जनाएको छ । यस्तो भिसा प्राप्त नगर्ने अन्य मुलुकमा नाइजेरिया, गाहाना, जिम्वाबे, स्वीटजरल्यान्ड, क्यामेरुन, सोमालिया, लाइबेरिया,...
धादिङ बस दुर्घटनाको छानबिन कार्यदलले भन्यो, 'दुर्घटनाको कारण ध्यान विचलन र शारिरीक थकान'

धादिङ बस दुर्घटनाको छानबिन कार्यदलले भन्यो, 'दुर्घटनाको कारण ध्यान विचलन र शारिरीक थकान'

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएपछि...

भर्खरै