नेभिगेशन
सबै कुरा

सहकारी पीडितको आन्दोलनमा रास्वपाको ऐक्यबद्धता

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले मंसिर ५ गते काठमाडौँमा गर्ने आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको पार्टीले जनाएका छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार एक विज्ञप्ती जारी गर्दै रास्वपाले सहकारी पीडितहरु आफूहरुको रकम फिर्ता गराउने हेतुले गर्न लागेको आन्दोलनप्रति आफूहरुको ऐक्यबद्धता रहेको जनाएको छ । सहकारी पीडितको समस्या समाधान गर्नुको सट्टा कसैलाई हिरासतमा राखेर राज्यले प्रतिशोध साँधेको बताउँदै पीडितहरुको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले बताए ।  ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले यही मंसिर ५ गते सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गरिन लागेको काठमाडौं केन्द्रित आन्दोलनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ऐक्यबद्धता रहेको सम्पूर्ण पार्टी पंक्ति एवं शुभचिन्तकहरुमा जाहेर गर्दछौं ।’, विज्ञप्तीमा लेखिएको छ, ‘राजनीतिक प्रतिशोधको अभ्यास गर्दै कसैलाई हिरासतमा राख्दैमा यो समस्या समाधान हुँदैन, न त पीडितहरूले आफ्नो बचत फिर्ता पाउने छन् । तसर्थ यसको निराकरणतर्फ काम गर्न सरकार तथा सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

Ncell
Extreme Energy

त्यस्तै फितलो कानुन हुनु, भएको कानूनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लागेका कारण पीडितहरुले न्याय नपाएको रास्वपाको ठहर रहेको बताइएको छ । ‘सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानूनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । मिति २०८० माघमा हाम्रो पार्टीले तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको 'सहकारी एवं लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना' प्रतिवेदनमा पनि संस्थागत कुशासन, अपचलन गर्ने सहकारी सञ्चालकहरुको राजनीतिक संरक्षण लगायतका विषय प्रधानताका साथ उठाइएको छ ।’, विज्ञप्तीमा भनिएको छ । 

त्यस्तै बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको यस अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीले शुभेच्छुक एवं नागरिकहरुमा आग्रह गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...