नेभिगेशन
सबै कुरा

सहकारी पीडितको आन्दोलनमा रास्वपाको ऐक्यबद्धता

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले मंसिर ५ गते काठमाडौँमा गर्ने आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको पार्टीले जनाएका छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार एक विज्ञप्ती जारी गर्दै रास्वपाले सहकारी पीडितहरु आफूहरुको रकम फिर्ता गराउने हेतुले गर्न लागेको आन्दोलनप्रति आफूहरुको ऐक्यबद्धता रहेको जनाएको छ । सहकारी पीडितको समस्या समाधान गर्नुको सट्टा कसैलाई हिरासतमा राखेर राज्यले प्रतिशोध साँधेको बताउँदै पीडितहरुको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले बताए ।  ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले यही मंसिर ५ गते सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गरिन लागेको काठमाडौं केन्द्रित आन्दोलनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ऐक्यबद्धता रहेको सम्पूर्ण पार्टी पंक्ति एवं शुभचिन्तकहरुमा जाहेर गर्दछौं ।’, विज्ञप्तीमा लेखिएको छ, ‘राजनीतिक प्रतिशोधको अभ्यास गर्दै कसैलाई हिरासतमा राख्दैमा यो समस्या समाधान हुँदैन, न त पीडितहरूले आफ्नो बचत फिर्ता पाउने छन् । तसर्थ यसको निराकरणतर्फ काम गर्न सरकार तथा सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

Ncell
Extreme Energy

त्यस्तै फितलो कानुन हुनु, भएको कानूनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लागेका कारण पीडितहरुले न्याय नपाएको रास्वपाको ठहर रहेको बताइएको छ । ‘सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानूनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । मिति २०८० माघमा हाम्रो पार्टीले तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको 'सहकारी एवं लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना' प्रतिवेदनमा पनि संस्थागत कुशासन, अपचलन गर्ने सहकारी सञ्चालकहरुको राजनीतिक संरक्षण लगायतका विषय प्रधानताका साथ उठाइएको छ ।’, विज्ञप्तीमा भनिएको छ । 

त्यस्तै बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको यस अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीले शुभेच्छुक एवं नागरिकहरुमा आग्रह गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।