नेभिगेशन
सबै कुरा

जापानमा मानव तस्करी प्रकरण : एमालेका पूर्वमन्त्रीसहित ९ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडाैँ । जापानमा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका अधिकारीलाई सुरुमा जिल्ला अदालतले २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसपछि कात्तिक २७ गते अदालत पेश भएका अधिकारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको थियो । अदालतको म्याद सकिएपछि मंगलबार काठमाडौँ जिल्ला अदालत पेश भएका अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

Ncell
Extreme Energy

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकै समयमा अधिकारीले जापानमा मानव तस्करी गरेको आरोप छ । 

जापानमा कार्यक्रम देखाएर ३ नेपालीलाई तस्करी गरेर जापान पुर्याउन मन्त्री अधिकारी स्वयम् कात्तिक १३ गते जापानको टोकियो पुगेका थिए । तर उनी जापान गएको कार्यक्रममा उनलाई अतिथि बनाएर नबोलाइएको पाइएपछि  उनी सहितलाई हिरासतमा राखेर ४८ घण्टापछि जापान सरकारले नेपाल डिपोट गरिदिएको थियो । सो विषयमा अहिले काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । 

जापानबाट फर्किएलगत्तै मन्त्रीसँगै आएका ३ जनालाई नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले पक्राउ गरेको थियो भने मन्त्री अधिकारीलाई सत्तारुढ दलको नेता भन्दै उम्काइएको थियो ।

कात्तिक १७ गते नेपाल फर्किएका मन्त्रीसहित ४ जनामध्ये ३ जना सोही दिन पक्राउ परे भने अन्य थप ३ जनालाई पनि पक्राउ गरेर प्रहरीको अपराध अनुसन्धान कार्यालयले प्रहरी परिसर काठमाडौँलाई बुझाएको थियो । तर, मन्त्री अधिकारी आरोपबाट बच्न २१ कात्तिकमा राजीनामा बुझाएर बसेका थिए। 

अधिकारीको बदमासी बाहिरिएसँगै नेकपा एमालेले पनि अधिकारीलाई सङ्गठित सदस्यबाट निलम्बित गरेको थियो । नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको निरूपण नहुँदासम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...