नेभिगेशन
सबै कुरा

जापानमा मानव तस्करी प्रकरण : एमालेका पूर्वमन्त्रीसहित ९ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडाैँ । जापानमा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका अधिकारीलाई सुरुमा जिल्ला अदालतले २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसपछि कात्तिक २७ गते अदालत पेश भएका अधिकारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको थियो । अदालतको म्याद सकिएपछि मंगलबार काठमाडौँ जिल्ला अदालत पेश भएका अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

Ncell
Extreme Energy

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकै समयमा अधिकारीले जापानमा मानव तस्करी गरेको आरोप छ । 

जापानमा कार्यक्रम देखाएर ३ नेपालीलाई तस्करी गरेर जापान पुर्याउन मन्त्री अधिकारी स्वयम् कात्तिक १३ गते जापानको टोकियो पुगेका थिए । तर उनी जापान गएको कार्यक्रममा उनलाई अतिथि बनाएर नबोलाइएको पाइएपछि  उनी सहितलाई हिरासतमा राखेर ४८ घण्टापछि जापान सरकारले नेपाल डिपोट गरिदिएको थियो । सो विषयमा अहिले काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । 

जापानबाट फर्किएलगत्तै मन्त्रीसँगै आएका ३ जनालाई नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले पक्राउ गरेको थियो भने मन्त्री अधिकारीलाई सत्तारुढ दलको नेता भन्दै उम्काइएको थियो ।

कात्तिक १७ गते नेपाल फर्किएका मन्त्रीसहित ४ जनामध्ये ३ जना सोही दिन पक्राउ परे भने अन्य थप ३ जनालाई पनि पक्राउ गरेर प्रहरीको अपराध अनुसन्धान कार्यालयले प्रहरी परिसर काठमाडौँलाई बुझाएको थियो । तर, मन्त्री अधिकारी आरोपबाट बच्न २१ कात्तिकमा राजीनामा बुझाएर बसेका थिए। 

अधिकारीको बदमासी बाहिरिएसँगै नेकपा एमालेले पनि अधिकारीलाई सङ्गठित सदस्यबाट निलम्बित गरेको थियो । नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको निरूपण नहुँदासम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।