नेभिगेशन
सबै कुरा

चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१-८२ को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । 

नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख  ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आम्दानी गरिरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए । 

‘सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुऱ्याउँदा विद्युत् उत्पादन बन्द छ, त्यस्तै अन्य साना आयोजनाहरू पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन, काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाहरूको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भयो, जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुनपुग्यो’ कार्यकारी निर्देशक घिसिङले भने,‘यसबाट चालू आवमा राखिएको करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’
माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमश ः घट्दै जाने छ । हिउँदका केही महिनामा विद्युत् आयात गर्नु पर्ने छ ।  
साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत् निर्यात गरिएको हो । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसा थियो । 

भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युत्को औसत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा थियो । 
असोजमा ३ अर्ब  ६ करोड ५१ लाख ३९ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ८ रुपैयाँ ०८ पैसा रहेको छ । 

कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट विद्युत् निर्यात गरिएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ७ रुपैयाँ ८४ पैसा रहेको छ । 

चार महिनामा भारतर्फको विद्युत् निर्यात
महिना    विद्युत् निर्यात (युनिट)    विद्युत निर्यात (रुपैयाँ)     प्रतियुनिट औसत दर (रुपैयाँ) 
साउन    ४९ करोड ५६ लाख ६ हजार    ४ अर्ब १४ करोड ५० लाख ७७ हजार    ८.३६
भदौ    ५५ करोड ९४ लाख ४७ हजार    ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार    ६.५८
असोज    ३७ करोड ९२ लाख ६३ हजार    ३ अर्ब  ६ करोड ५१ लाख ३९ हजार    ८.०८
कात्तिक    २३ करोड ३५ लाख ७६ हजार    १ अर्ब ८३ करोड ७ लाख ९५ हजार    ७.८४
जम्मा    १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार    १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार     ७.६३

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । 

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ओलीलाई समवेदना दिदै बालेनले भने, ‘पिताजस्तो देवता कोही छैन, पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

ओलीलाई समवेदना दिदै बालेनले भने, ‘पिताजस्तो देवता कोही छैन, पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

उनले भने, ‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। पूर्व प्रधानमन्त्री केपी शर्मा ज्यूलाई पर्न...
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनी दुई साताअघि नै नेपाल आएका थिए । स्वीट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन् । एएफसी प्रो–लाइसेन्स...
इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

यससँगै नेपालमा अनअराइवल भिसा प्राप्त नहुने मुलुकको सङ्ख्या १३ पुगेको अध्यागमन विभागले जनाएको छ । यस्तो भिसा प्राप्त नगर्ने अन्य मुलुकमा नाइजेरिया, गाहाना, जिम्वाबे, स्वीटजरल्यान्ड, क्यामेरुन, सोमालिया, लाइबेरिया,...
धादिङ बस दुर्घटनाको छानबिन कार्यदलले भन्यो, 'दुर्घटनाको कारण ध्यान विचलन र शारिरीक थकान'

धादिङ बस दुर्घटनाको छानबिन कार्यदलले भन्यो, 'दुर्घटनाको कारण ध्यान विचलन र शारिरीक थकान'

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएपछि...