नेभिगेशन
सबै कुरा

सिनामंगलको इन्धन डिपो सारिँदै, गुह्येश्वरीतर्फ दाेब्बर क्षमताको अत्याधुनिक डिपो बन्ने

काठमाडौँ । काठमाडौँको सिनामंगलमा रहेको करिब ५० वर्ष पुरानो नेपाल आयल निगमको डिपो सर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आडमा रहेको सो डिपो विमानस्थलको स्तरोन्नती गर्ने क्रममा हटाउनुपर्ने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब ५ दशकअधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य र आन्तरिक उडान भर्ने विमानमा तेल भर्नका लागि सो डिपो बनाइएको थियो । समयसँगै इन्धनको माग पनि बढ्दो अवस्था रहेको तर भण्डारण क्षमता र विस्तार गर्ने क्षेत्र नहुँदा डिपो सार्ने अवस्थामा पुगेको नेपाल इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप कुमार यादवले बताए । ‘विमानस्थल सुरक्षाको मापदण्ड दिनप्रतिदिन बढ्दै गएको छ । तर ५० वर्ष पहिले बनेको यस इन्धन डिपोले त्यो सुरक्षा मापदण्ड पूरा गर्न सक्ने अवस्था छैन ।’, उनले थपे, ‘केही वर्ष अघिसम्म यस इन्धन डिपोमा भण्डारण भएको तेलले पर्याप्त हुन्थ्यो । तेलको अभाव थिएन तर पछिल्लो समय हामीलाई तेलको माग धान्न धौधौ पर्ने हुन्छ । त्यसको मुख्य कारण भनेको पर्याप्त भण्डारण क्षमता नहुनु हो । त्यसलाई मध्यनजर गरेर हामीले इन्धन डिपो सार्ने निधो गरेका हौँ ।’

Ncell
Extreme Energy


बुधबार हवाई इन्धन डिपो सिनामंगल र त्रिवि इन्जिनियरिङ संस्थान पुल्चोकबीच त्रिभुवन विमानस्थलस्थित इन्धन डिपो स्थानान्तरण सम्बन्धी डिपिआर तयार गर्ने सम्बन्धमा हस्ताक्षर कार्यक्रममा बोल्दै इन्जिनियर यादवले आफूहरुले विभिन्न कारणले सो डिपो सार्न नखोजेपनि विमानस्थल विस्तारका लागि सार्नैपर्नै भएको बताए । ‘विमानस्थलको मुख्य धावन मार्गमा विमान पुग्न प्रयोग गरिने प्यारालल ट्याक्सी वे निर्माण गर्न लागेकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र प्राधिकरणको गुरुयोजनाअनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बिचमा दुरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तराष्ट्रिय मापदण्ड छ । सो ट्याक्सी वे निर्माण गर्दा अहिले रहेको निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था रहेको हुँदा डिपो सार्नुपर्ने अवस्था आएको हो ।’

आयल निगमले नेपाल नागरिक उड्ययन प्राधिकरणले उपलब्ध गराएको विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै गुह्येश्वरीतर्फको ५० रोपनी जग्गामा इन्धन डिपो सार्ने भएको छ । 

हाइड्रेन्टबाट विमानमा इन्धन, १५ हजार किलोलिटरको क्षमता

इन्धन डिपो सिनामंगलले स्थानान्तरण गर्न लागेको डिपोबाट हाइड्रेन्ट प्रविधिबाट विमानमा इन्धन भर्ने प्रविधि जडान गर्ने बताएको छ । यसअघि डिपोबाट ट्याङ्करमा तेल भरेर विमानमा लगेर हाल्ने चलन भएपनि नयाँ स्थानमा बनाइने डिपोबाट हाइड्रेन्ट प्रविधिबाट सिधै विमानमा तेल भरिने हवाइ इन्धन डिपोका इन्जिनियर अनुपम पराजुलीले बताए । ‘हामी नयाँ डिपोमा अधिकतम अत्याधुनिक प्रविधिको जडान गर्नेछौँ ।’, इन्जिनियर पराजुलीले भने, ‘हाम्रो नयाँ डिपोमा हाइड्रेन्ट प्रविधिको जडान गर्नेछौँ । यसअघि गाडीमा तेल हालेर विमानस्थलमा लगेर विमानमा खन्याउने गरिन्थ्यो भने अब बन्ने डिपोबाट सिधै हाइड्रेन्ट प्रविधिबाट विमानमा तेल हालिने छ ।’

त्यस्तै हाल साढे ३२ रोपनी क्षेत्रफलमा फैलिएको सो डिपो नयाँ स्थानमा ५० रोपनीमा फैलिने बताइएको छ । क्षेत्रफलमा अभावमा संरचना विस्तारमा समस्या भएपनि नयाँ स्थानमा संरचना निर्माणका लागि पर्याप्त हुने इन्धन डिपोले जनाएको । 

त्यस्तै नयाँ ठाउँमा स्थानान्तरण हुन लागेको डिपोको क्षमता हालतको डिपोको क्षमताभन्दा करिब दोब्बर हुने बताइएको छ। इन्जिनियर पराजुलीका अनुसार अहिलेको डिपोको भण्डारण क्षमता ७ हजार ६ सय ६० किलोलिटर भएपनि नयाँ डिपोको भण्डारण क्षमता १५ हजार किलोलिटर हुनेछ । 

६ महिनाभित्र डिपिआर, ३ वर्षमा संरचना

बुधबार एक कार्यक्रमका बिच हवाई इन्धन डिपो सिनामंगलले त्रिवि इन्जिनियरिङ संस्थान पुल्चोकलाई इन्धन डिपो स्थानान्तरण सम्बन्धी डिपिआर तयार गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै हवाई इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप कुमार यादवले पुल्चोक इन्जिनियरिङ क्याम्पसको विज्ञतालाई कदर गर्दै आफूहरुले डिपिआर तयार गर्न दिएको बताए । 

इन्जिनियर यादवले सम्झौताअनुरुप इन्जिनियरिङ क्याम्पस मातहतको कन्सल्टेन्सी विभागले ६ महिनाभित्र डिपिआर बुझाउने बताएका छन् । उक्त डिपिआरका आधारमा २०८४ मंसिरभित्र संरचना बनाइसक्ने इन्जिनियर यादवले प्रतिबद्धता जनाए । ‘हामी २०८४ को मंसिरभित्र नयाँ संरचना बनाइसक्छौँ । त्यो भनेको अधिकतम समय हो । म प्रोजेक्ट चलाएर आएको व्यक्ति हुँ । उस्तै पर्यो भने यो प्रोजेक्ट २ वर्षमै सक्ने मेरो ल्याकत छ ।’, प्रमुख यादवले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।