नेभिगेशन
सबै कुरा

सिनामंगलको इन्धन डिपो सारिँदै, गुह्येश्वरीतर्फ दाेब्बर क्षमताको अत्याधुनिक डिपो बन्ने

काठमाडौँ । काठमाडौँको सिनामंगलमा रहेको करिब ५० वर्ष पुरानो नेपाल आयल निगमको डिपो सर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आडमा रहेको सो डिपो विमानस्थलको स्तरोन्नती गर्ने क्रममा हटाउनुपर्ने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब ५ दशकअधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य र आन्तरिक उडान भर्ने विमानमा तेल भर्नका लागि सो डिपो बनाइएको थियो । समयसँगै इन्धनको माग पनि बढ्दो अवस्था रहेको तर भण्डारण क्षमता र विस्तार गर्ने क्षेत्र नहुँदा डिपो सार्ने अवस्थामा पुगेको नेपाल इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप कुमार यादवले बताए । ‘विमानस्थल सुरक्षाको मापदण्ड दिनप्रतिदिन बढ्दै गएको छ । तर ५० वर्ष पहिले बनेको यस इन्धन डिपोले त्यो सुरक्षा मापदण्ड पूरा गर्न सक्ने अवस्था छैन ।’, उनले थपे, ‘केही वर्ष अघिसम्म यस इन्धन डिपोमा भण्डारण भएको तेलले पर्याप्त हुन्थ्यो । तेलको अभाव थिएन तर पछिल्लो समय हामीलाई तेलको माग धान्न धौधौ पर्ने हुन्छ । त्यसको मुख्य कारण भनेको पर्याप्त भण्डारण क्षमता नहुनु हो । त्यसलाई मध्यनजर गरेर हामीले इन्धन डिपो सार्ने निधो गरेका हौँ ।’

Ncell
Extreme Energy


बुधबार हवाई इन्धन डिपो सिनामंगल र त्रिवि इन्जिनियरिङ संस्थान पुल्चोकबीच त्रिभुवन विमानस्थलस्थित इन्धन डिपो स्थानान्तरण सम्बन्धी डिपिआर तयार गर्ने सम्बन्धमा हस्ताक्षर कार्यक्रममा बोल्दै इन्जिनियर यादवले आफूहरुले विभिन्न कारणले सो डिपो सार्न नखोजेपनि विमानस्थल विस्तारका लागि सार्नैपर्नै भएको बताए । ‘विमानस्थलको मुख्य धावन मार्गमा विमान पुग्न प्रयोग गरिने प्यारालल ट्याक्सी वे निर्माण गर्न लागेकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र प्राधिकरणको गुरुयोजनाअनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बिचमा दुरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तराष्ट्रिय मापदण्ड छ । सो ट्याक्सी वे निर्माण गर्दा अहिले रहेको निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था रहेको हुँदा डिपो सार्नुपर्ने अवस्था आएको हो ।’

आयल निगमले नेपाल नागरिक उड्ययन प्राधिकरणले उपलब्ध गराएको विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै गुह्येश्वरीतर्फको ५० रोपनी जग्गामा इन्धन डिपो सार्ने भएको छ । 

हाइड्रेन्टबाट विमानमा इन्धन, १५ हजार किलोलिटरको क्षमता

इन्धन डिपो सिनामंगलले स्थानान्तरण गर्न लागेको डिपोबाट हाइड्रेन्ट प्रविधिबाट विमानमा इन्धन भर्ने प्रविधि जडान गर्ने बताएको छ । यसअघि डिपोबाट ट्याङ्करमा तेल भरेर विमानमा लगेर हाल्ने चलन भएपनि नयाँ स्थानमा बनाइने डिपोबाट हाइड्रेन्ट प्रविधिबाट सिधै विमानमा तेल भरिने हवाइ इन्धन डिपोका इन्जिनियर अनुपम पराजुलीले बताए । ‘हामी नयाँ डिपोमा अधिकतम अत्याधुनिक प्रविधिको जडान गर्नेछौँ ।’, इन्जिनियर पराजुलीले भने, ‘हाम्रो नयाँ डिपोमा हाइड्रेन्ट प्रविधिको जडान गर्नेछौँ । यसअघि गाडीमा तेल हालेर विमानस्थलमा लगेर विमानमा खन्याउने गरिन्थ्यो भने अब बन्ने डिपोबाट सिधै हाइड्रेन्ट प्रविधिबाट विमानमा तेल हालिने छ ।’

त्यस्तै हाल साढे ३२ रोपनी क्षेत्रफलमा फैलिएको सो डिपो नयाँ स्थानमा ५० रोपनीमा फैलिने बताइएको छ । क्षेत्रफलमा अभावमा संरचना विस्तारमा समस्या भएपनि नयाँ स्थानमा संरचना निर्माणका लागि पर्याप्त हुने इन्धन डिपोले जनाएको । 

त्यस्तै नयाँ ठाउँमा स्थानान्तरण हुन लागेको डिपोको क्षमता हालतको डिपोको क्षमताभन्दा करिब दोब्बर हुने बताइएको छ। इन्जिनियर पराजुलीका अनुसार अहिलेको डिपोको भण्डारण क्षमता ७ हजार ६ सय ६० किलोलिटर भएपनि नयाँ डिपोको भण्डारण क्षमता १५ हजार किलोलिटर हुनेछ । 

६ महिनाभित्र डिपिआर, ३ वर्षमा संरचना

बुधबार एक कार्यक्रमका बिच हवाई इन्धन डिपो सिनामंगलले त्रिवि इन्जिनियरिङ संस्थान पुल्चोकलाई इन्धन डिपो स्थानान्तरण सम्बन्धी डिपिआर तयार गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै हवाई इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीप कुमार यादवले पुल्चोक इन्जिनियरिङ क्याम्पसको विज्ञतालाई कदर गर्दै आफूहरुले डिपिआर तयार गर्न दिएको बताए । 

इन्जिनियर यादवले सम्झौताअनुरुप इन्जिनियरिङ क्याम्पस मातहतको कन्सल्टेन्सी विभागले ६ महिनाभित्र डिपिआर बुझाउने बताएका छन् । उक्त डिपिआरका आधारमा २०८४ मंसिरभित्र संरचना बनाइसक्ने इन्जिनियर यादवले प्रतिबद्धता जनाए । ‘हामी २०८४ को मंसिरभित्र नयाँ संरचना बनाइसक्छौँ । त्यो भनेको अधिकतम समय हो । म प्रोजेक्ट चलाएर आएको व्यक्ति हुँ । उस्तै पर्यो भने यो प्रोजेक्ट २ वर्षमै सक्ने मेरो ल्याकत छ ।’, प्रमुख यादवले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...