नेभिगेशन
सबै कुरा

निहत्था सहकारी पीडितमाथि घेरा हालेर प्रहरी दमन

काठमाडौँ । बुधबार काठमाडौँमा सहकारी पीडितहरुले आन्दोलन गरेका थिए । चाबहिल, सोह्रखुट्टे, कालिमाटी, गठ्ठाघर तथा पुल्चोकमा जम्मा भई पीडितहरु माइतिघर पुगेका थिए । तर सहकारी ठग र राजनीतिको चेपुवामा परेर ठगिएका बचतकर्ताहरुमाथि माइतिघरमा प्रहरीले पनि उस्तै व्यवहार देखायो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माइतिघरमा प्रहरीले सहकारी पीडितमाथि गरेको दमनले सोच्न बाध्य बनाउँछ कि, ‘एउटा निहत्था नागरिकमाथि प्रहरी प्रशासन यति निर्दयी क्रुर बन्न सक्छ ?’

Ncell
Extreme Energy

माइतिघरमा सहकारी पीडितले प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी र सहकारी पीडितबिच झडप हुन्छ । प्रहरीको लाठीले एक जनाको टाउको फुट्छ ।

टाउको फुटेर रगतपक्ष भएका भएका पीडितलाई अस्पताल लैजान प्रहरीले कुनै पहलकदमी गर्दैन । टाउको फु्टेर घाइते भएका व्यक्तिलाई प्रहरीको पञ्जाबाट बचाउन जान्छन् सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलव केसी । 

केसीले घाइते भएका व्यक्तिलाई अंगालो हालेर प्रहरीबाट जोगाउन खोज्छन् । तर त्यहाँ नजिक भएका सबै प्रहरी केसीविरुद्ध नै जाइलाग्छन् । केसीमाथि झम्टिएका प्रहरीहरुले उनलाई त्यहाँबाट घिसारेर केही पर लैजान्छन् । त्यसपछि २०/२५ जना प्रहरीले घेरा हाल्छन् र उनलाई बिचमा पार्छन । त्यसपछि ति २०/२५ जना प्रहरीले केसीमाथि एकैचोटी लाठी बर्साउँछन् । 

कोहीले लाठी बजार्छन् । केहीले बुट बर्जाछन् । कोहीले लछार्छन् । प्रहरीले आफ्नो आफूले प्रयोग गर्नसक्नेजति सबै बल तिनै केसीमाथि खन्याउँछ । केसी प्रहरीको घेराबाट निस्कने प्रयास गर्छन् तैपनि उनको केही चल्दैन । 


प्रहरीको हुलले एक्ला र निहत्था केसीमाथि यति निर्मम प्रहार गर्छन् त्यो देख्दा जो कोहीको पनि रगत उम्लिन सक्छ । 

प्रहरीको अत्याचारको शिकार भएका केसी अहिले ट्रमा सेन्टरमा उपचाररत छन् । उनलाई ट्रमा सेन्टरकाे रेड जाेनमा राखिएकाे छ । प्रहरीको निर्मम कुटाइबाट बेहोस भएका केसी पूर्ण रुपमा होसमा आइनसेकेको अस्पतालमै रहेका उनका साथी सुरेश जिसीले जानकारी दिए । ‘उहाँ अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होस आएको छ तर पूर्ण होसमा हुनुहुन्न ।’ साथी सुरेश जिसीका अनुसार केसीको अण्डकोषमा गम्भिर चोट लागेको छ । शरीरभरी प्रहरीले बर्साएको लाठी र बुटको डाम छ । प्रहरीको कुटाईको असर भित्रिी अंगमा समेत परेको हुनसक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...