नेभिगेशन
सबै कुरा

राजनीतिक प्रतिशाेधविरुद्ध एक ढिक्का भएर दोस्रो चरणको आन्दोलनमा उत्रने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सरकारले सभापति रवि लामिछानेमाथि साँधेको राजनीतिक प्रतिशाेधविरुद्ध पार्टी एक ढिक्का भएर आन्दोलनमा उत्रने निर्णय गरेको छ । मंगलबार साँझ बोलाइएको आकस्मिक केन्द्रीय समिति बैठक नटुङ्गिएपछि आज दिउँसो ३ बजेदेखि पार्टी कार्यालय वनस्थलीमा बैठक बसेको थियो । उक्त बैठकले पार्टी एक ढिक्का भएर दोस्रो चरणको आन्दोलनमा उत्रने निर्णय गरेको कार्याबाहक प्रवक्ता मनिष झा ले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उपनिर्वाचनमा हामीले उम्मेदवार उठाएको स्थानमा गएर हाम्रो अभियान र परिस्थितिबारे जानकारी गराउँदै आन्दोलनलाई निरन्तरता दिन्छौँ ।’ कार्यबाहक प्रवक्ता झाले भने, ‘हामीले अहिलेसम्म सडकमा उद्दण्ड हुने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, सुरक्षाकर्मीलाई घाइते बनाउने त्यस्तो केही पनि गरेका छैनौँ । र हाम्रो आन्दोलनको त्यस्तो आशय पनि छैन । आगामी दिनमा पनि अनुशासित आन्दोलन हुनेछ ।’

Ncell
Extreme Energy

उक्त बैठकले सरकारले देखाएको पक्षपाति व्यवहारले सभापति लामिछानेमाथि प्रतिशोध सांधेको स्पष्ट देखिएको पनि बताए । 

त्यस्तै माइतिघरमा सहकारी पीडितको आन्दोलनमा प्रहरीले गरेको दमनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोर भत्र्सना गरेको पनि जानकारी दिए । उनले भने, ‘आज सहकारी पीडितहरुले न्याय माग्दै गर्दा जुन दमन भयो राज्यबाट त्यसको घोर भत्र्सना र बिरोध गर्दछौँ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।