नेभिगेशन
सबै कुरा

राजनीतिक प्रतिशाेधविरुद्ध एक ढिक्का भएर दोस्रो चरणको आन्दोलनमा उत्रने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सरकारले सभापति रवि लामिछानेमाथि साँधेको राजनीतिक प्रतिशाेधविरुद्ध पार्टी एक ढिक्का भएर आन्दोलनमा उत्रने निर्णय गरेको छ । मंगलबार साँझ बोलाइएको आकस्मिक केन्द्रीय समिति बैठक नटुङ्गिएपछि आज दिउँसो ३ बजेदेखि पार्टी कार्यालय वनस्थलीमा बैठक बसेको थियो । उक्त बैठकले पार्टी एक ढिक्का भएर दोस्रो चरणको आन्दोलनमा उत्रने निर्णय गरेको कार्याबाहक प्रवक्ता मनिष झा ले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उपनिर्वाचनमा हामीले उम्मेदवार उठाएको स्थानमा गएर हाम्रो अभियान र परिस्थितिबारे जानकारी गराउँदै आन्दोलनलाई निरन्तरता दिन्छौँ ।’ कार्यबाहक प्रवक्ता झाले भने, ‘हामीले अहिलेसम्म सडकमा उद्दण्ड हुने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, सुरक्षाकर्मीलाई घाइते बनाउने त्यस्तो केही पनि गरेका छैनौँ । र हाम्रो आन्दोलनको त्यस्तो आशय पनि छैन । आगामी दिनमा पनि अनुशासित आन्दोलन हुनेछ ।’

Ncell
Extreme Energy

उक्त बैठकले सरकारले देखाएको पक्षपाति व्यवहारले सभापति लामिछानेमाथि प्रतिशोध सांधेको स्पष्ट देखिएको पनि बताए । 

त्यस्तै माइतिघरमा सहकारी पीडितको आन्दोलनमा प्रहरीले गरेको दमनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोर भत्र्सना गरेको पनि जानकारी दिए । उनले भने, ‘आज सहकारी पीडितहरुले न्याय माग्दै गर्दा जुन दमन भयो राज्यबाट त्यसको घोर भत्र्सना र बिरोध गर्दछौँ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...