नेभिगेशन
सबै कुरा

काठमाडौं उपत्यकाको खोला किनारा थप २० मिटर खाली गर्ने फैसला पुनरावलोकन हुने

काठमाडौं । काठमाडौं  उपत्यकाको खोला किनारा क्षेत्र थप  २० मिटर खाली गर्ने सर्वोच्चको फैसला पुनरावलोकन हुने भएको छ। अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको एक रिटमा फैसला गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले गत पुस ३ गते नदीकिनारमा थप २० मिटर खाली छोड्नुपर्ने परमादेश जारी गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फैसला लगत्तै सोको कार्यन्वयनका लागि भन्दै काठमाडौँ महानगरले ति क्षेत्रका लागि सरकारी सुविधा रोक्का गरेपछि सत्तारुढ दल त्यसको विरोधमा उत्रिएका थिए ।

Ncell
Extreme Energy

प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीका नेताहरू नै सर्वोच्च अदालतको फैसलाको विरोधमा उत्रिएका थिए । फैसला गर्ने न्यायाधीश र सर्वोच्च अदालत विरुद्ध सुमन सायमी लगायतका अभियन्ता प्रयोग गरेर एमालेले काठमाडौँमा राँके जुलुस देखि न्यायाधीशको पुत्लासमेत जलाएको थियो ।

नदी जोगाउने बहानामा उपत्यकावासीको उठिबास लगाउन खोजिएको भन्दै अभियान नै चलाएर एमाले बागमती प्रदेश कमिटीले सरकारलाई मुद्दा पुनरावलोकनका लागि दबाब दिएको थियो । बिहीबार सर्वोच्चमा उक्त मुद्दामा सरकारको पुनरावलोकन बारे पेशी चढ्दै गर्दा पनि सो समूहले कुपण्डोलमा विरोध प्रदर्शन गरेको थियो । 

बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा पुनरावलोकनको मुद्दा पेशी चढेको थियो । सोही इजलासले मुद्दा पुनरावलोकन गर्न निस्सा दिएको छ । उक्त आदेशसँगै अब मुद्दा पुन सुनुवाइको चरणमा प्रवेश गर्नेछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...