नेभिगेशन
सबै कुरा

काठमाडौं उपत्यकाको खोला किनारा थप २० मिटर खाली गर्ने फैसला पुनरावलोकन हुने

काठमाडौं । काठमाडौं  उपत्यकाको खोला किनारा क्षेत्र थप  २० मिटर खाली गर्ने सर्वोच्चको फैसला पुनरावलोकन हुने भएको छ। अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको एक रिटमा फैसला गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले गत पुस ३ गते नदीकिनारमा थप २० मिटर खाली छोड्नुपर्ने परमादेश जारी गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फैसला लगत्तै सोको कार्यन्वयनका लागि भन्दै काठमाडौँ महानगरले ति क्षेत्रका लागि सरकारी सुविधा रोक्का गरेपछि सत्तारुढ दल त्यसको विरोधमा उत्रिएका थिए ।

Ncell
Extreme Energy

प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीका नेताहरू नै सर्वोच्च अदालतको फैसलाको विरोधमा उत्रिएका थिए । फैसला गर्ने न्यायाधीश र सर्वोच्च अदालत विरुद्ध सुमन सायमी लगायतका अभियन्ता प्रयोग गरेर एमालेले काठमाडौँमा राँके जुलुस देखि न्यायाधीशको पुत्लासमेत जलाएको थियो ।

नदी जोगाउने बहानामा उपत्यकावासीको उठिबास लगाउन खोजिएको भन्दै अभियान नै चलाएर एमाले बागमती प्रदेश कमिटीले सरकारलाई मुद्दा पुनरावलोकनका लागि दबाब दिएको थियो । बिहीबार सर्वोच्चमा उक्त मुद्दामा सरकारको पुनरावलोकन बारे पेशी चढ्दै गर्दा पनि सो समूहले कुपण्डोलमा विरोध प्रदर्शन गरेको थियो । 

बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा पुनरावलोकनको मुद्दा पेशी चढेको थियो । सोही इजलासले मुद्दा पुनरावलोकन गर्न निस्सा दिएको छ । उक्त आदेशसँगै अब मुद्दा पुन सुनुवाइको चरणमा प्रवेश गर्नेछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।