नेभिगेशन
सबै कुरा

आज काठमाडौंको तीन ठाउँमा प्रदर्शन, सत्तारुढ एमालेदेखि सहकारी पीडित र दुर्गा प्रसाईंका समर्थक समेत सडकमा

आज काठमाडौंको तीन फरक फरक ठाउँमा फरक उद्देश्यका साथ प्रदर्शन हुँदैछ । विभिन्न पक्षले शुक्रबार एकसाथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यसअनुसार सुरक्षाको योजना पनि बनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्तारुढ दल नेकपा एमाले आज दरबारमार्ग क्षेत्रमा जागरण सभा गर्दै छ । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गर्दैछ । सो क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। यो पूर्व निर्धारित कार्यक्रम हो । 

Ncell
Extreme Energy

यस्तै, माइतीघरमा सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्दैछन् । सबै प्रदर्शन  र त्यसको ¥याली बिहान ११ बजेपछि सुरु हुने आन्दोलनकर्ता जनाएका छन् ।

काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन सुरक्षा योजना बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । प्रदर्शन हुने क्षेत्रहरूमा सवारी जाम बढ्ने भन्दै सावधानी अपनाउन पनि प्रशासनले भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...