नेभिगेशन
सबै कुरा

आज काठमाडौंको तीन ठाउँमा प्रदर्शन, सत्तारुढ एमालेदेखि सहकारी पीडित र दुर्गा प्रसाईंका समर्थक समेत सडकमा

आज काठमाडौंको तीन फरक फरक ठाउँमा फरक उद्देश्यका साथ प्रदर्शन हुँदैछ । विभिन्न पक्षले शुक्रबार एकसाथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यसअनुसार सुरक्षाको योजना पनि बनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्तारुढ दल नेकपा एमाले आज दरबारमार्ग क्षेत्रमा जागरण सभा गर्दै छ । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गर्दैछ । सो क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। यो पूर्व निर्धारित कार्यक्रम हो । 

Ncell
Extreme Energy

यस्तै, माइतीघरमा सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्दैछन् । सबै प्रदर्शन  र त्यसको ¥याली बिहान ११ बजेपछि सुरु हुने आन्दोलनकर्ता जनाएका छन् ।

काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन सुरक्षा योजना बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । प्रदर्शन हुने क्षेत्रहरूमा सवारी जाम बढ्ने भन्दै सावधानी अपनाउन पनि प्रशासनले भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।