नेभिगेशन
सबै कुरा

सम्पत्ति शुद्धिकरणसम्बन्धी प्रस्तावमा संसोधन अस्वीकृत भएपछि रास्वपाकी सांसद श्रेष्ठको कारण देखाउन माग

काठमाडाैँ : सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्येयकमा आफूले प्रस्ताव गरेका कुनै पनि संसोधन समावेश नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले कारण माग गरेकी छिन् । सांसद श्रेष्ठले सम्पत्ति शुद्धिकरण  (मनि लाउन्डरिङ ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐन संसोधन गर्ने विद्येयक २०७९ मा संसोधन प्रस्ताव राखेकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर विद्येयकमा प्रस्ताव गरिएका कुनै संसोधन समावेश नभएपछि श्रेष्ठले कानुन न्याय तथा मानव अधिकार समितिका सचिवसँग संसोधन अस्वीकृत हुनुको कारण मागेकी हुन् । सांसद श्रेष्ठले समितिमा विद्येयक माथि छलफल हुँदा समेत संशोधन गर्नु पर्ने बुँदाहरू उठाएकी थिइन् ।

Extreme Energy

तर समितिको छलफलमा उठाएको विषय तथा संशोधनका लागि राखेको कुनै पनि प्रस्ताव पेश नभएपछि अस्वीकृत हुनुको कारण खुलाउन समितिका सचिव अधिराज राईलाई पत्र बुझाएकी हुन् । 

सांसद श्रेष्ठले सम्पत्ति शुद्धिकरण  (मनि लाउन्डरिङ ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐन संसोधन गर्ने विद्येयक २०७९ मा ६ बुँदा संसोधन प्रस्ताव गरेकी थिइन् । 

सांसद श्रेष्ठको वेबसाइटमा राखिएको विवरण अनुसार धितो पत्र बोर्डका अध्यक्षको छनोट प्रक्रियासम्बन्धी दफा ७ को उपदफा ६ मा अध्यक्षको पदावधि सकिनु तीन महिना अघिनै भावी अध्यक्ष छनोट गरिसक्नु पर्ने व्यवस्था राख्न प्रस्ताव गरेकी थिइन् । 

सांसद श्रेष्ठले दर्ता गराएको संसोधन प्रस्ताव हेर्न यहाँ क्लिक गर्नुहोस्

साथै धितो पत्र बोर्डका अध्यक्षको योग्यता र पदावधि सम्बन्धी व्यवस्थामा समेत संसोधन राखेकी थिइन् । उनले प्रमुखको पदावधि ६ वर्ष राख्न प्रस्ताव गरेकी थिइन् । यस्तै सम्पत्तिको स्रोत खुलाउनु पर्ने व्यवस्थामा संसोधन प्रस्ताव गरेकी थिइन् ।

सांसद श्रेष्ठले स्रोत खुलाउन नसकेको सम्पत्तिको अभिलेख राखी स्रोत खुलेको सम्पत्तिको हदसम्म कर निर्धारण गर्ने तथा आन्तरिक राजश्व विभागमा लेखी पठाउने व्यवस्था राख्न प्रस्ताव गरेकी थिइन् । 

उदाहरणका लागि १ करोडको स्रोत खुलेमा यसको ३० प्रतिशत अर्थात ३० लाख सम्मको सम्पत्तिलाई निश्चित कर निर्धारण गरेर वैध बनाउन सकिने सुझाव थियो । ५ करोड भन्दा बढी स्रोत खुलेको सम्पत्तिको १५ प्रतिशत सम्म सम्पत्तिमा निश्चित कर लगाएर वैध बनाउन दिने र बाँकी जफत गर्न सकिने प्रस्ताव गरेकी थिइन् । 

कतिसम्म स्रोत नखुलेको सम्पत्तिको कति कर निर्धारण गर्ने र कुद हद भन्दा बढी भएमा सम्पत्ति जफत गर्ने भन्ने समेत संसोधन गरिएको थियो । 

यस्तै हुण्डीका विषयमा समेत सांसद श्रेष्ठले संसोधन पेश गरेकी थिइन् । हुण्डीका कारोबारका सञ्चालक र प्रयोगकर्तालाई छुट्टाछुट्टै कारवाहीको व्यवस्था प्रस्ताव गरेकी थिइन् ।

हुण्डी सञ्चालन गर्ने सञ्चालकलाई बिगो बराबरको रकममा थप ५० हजार देखि १ लाखसम्म जरिवाना र १ वर्षको कैद गर्नु पर्ने र हुण्डीका प्रयोगकर्ताहरूलाई वैदेशिक रोजगारी मार्फत आर्जित रकम नेपालमा रकम भित्राएको पाइएमा एक पटकका लागि आर्थिक साक्षरताको अनिवार्य तालिम लिन चेतावनी दिएर कसुर माफी गरिदिने र दोस्रो पटकबाट भने बिगो जफत गर्ने प्रस्ताव गरेकी थिइन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...