नेभिगेशन
सबै कुरा

सम्पत्ति शुद्धिकरणसम्बन्धी प्रस्तावमा संसोधन अस्वीकृत भएपछि रास्वपाकी सांसद श्रेष्ठको कारण देखाउन माग

काठमाडाैँ : सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्येयकमा आफूले प्रस्ताव गरेका कुनै पनि संसोधन समावेश नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले कारण माग गरेकी छिन् । सांसद श्रेष्ठले सम्पत्ति शुद्धिकरण  (मनि लाउन्डरिङ ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐन संसोधन गर्ने विद्येयक २०७९ मा संसोधन प्रस्ताव राखेकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर विद्येयकमा प्रस्ताव गरिएका कुनै संसोधन समावेश नभएपछि श्रेष्ठले कानुन न्याय तथा मानव अधिकार समितिका सचिवसँग संसोधन अस्वीकृत हुनुको कारण मागेकी हुन् । सांसद श्रेष्ठले समितिमा विद्येयक माथि छलफल हुँदा समेत संशोधन गर्नु पर्ने बुँदाहरू उठाएकी थिइन् ।

Ncell
Extreme Energy

तर समितिको छलफलमा उठाएको विषय तथा संशोधनका लागि राखेको कुनै पनि प्रस्ताव पेश नभएपछि अस्वीकृत हुनुको कारण खुलाउन समितिका सचिव अधिराज राईलाई पत्र बुझाएकी हुन् । 

सांसद श्रेष्ठले सम्पत्ति शुद्धिकरण  (मनि लाउन्डरिङ ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐन संसोधन गर्ने विद्येयक २०७९ मा ६ बुँदा संसोधन प्रस्ताव गरेकी थिइन् । 

सांसद श्रेष्ठको वेबसाइटमा राखिएको विवरण अनुसार धितो पत्र बोर्डका अध्यक्षको छनोट प्रक्रियासम्बन्धी दफा ७ को उपदफा ६ मा अध्यक्षको पदावधि सकिनु तीन महिना अघिनै भावी अध्यक्ष छनोट गरिसक्नु पर्ने व्यवस्था राख्न प्रस्ताव गरेकी थिइन् । 

सांसद श्रेष्ठले दर्ता गराएको संसोधन प्रस्ताव हेर्न यहाँ क्लिक गर्नुहोस्

साथै धितो पत्र बोर्डका अध्यक्षको योग्यता र पदावधि सम्बन्धी व्यवस्थामा समेत संसोधन राखेकी थिइन् । उनले प्रमुखको पदावधि ६ वर्ष राख्न प्रस्ताव गरेकी थिइन् । यस्तै सम्पत्तिको स्रोत खुलाउनु पर्ने व्यवस्थामा संसोधन प्रस्ताव गरेकी थिइन् ।

सांसद श्रेष्ठले स्रोत खुलाउन नसकेको सम्पत्तिको अभिलेख राखी स्रोत खुलेको सम्पत्तिको हदसम्म कर निर्धारण गर्ने तथा आन्तरिक राजश्व विभागमा लेखी पठाउने व्यवस्था राख्न प्रस्ताव गरेकी थिइन् । 

उदाहरणका लागि १ करोडको स्रोत खुलेमा यसको ३० प्रतिशत अर्थात ३० लाख सम्मको सम्पत्तिलाई निश्चित कर निर्धारण गरेर वैध बनाउन सकिने सुझाव थियो । ५ करोड भन्दा बढी स्रोत खुलेको सम्पत्तिको १५ प्रतिशत सम्म सम्पत्तिमा निश्चित कर लगाएर वैध बनाउन दिने र बाँकी जफत गर्न सकिने प्रस्ताव गरेकी थिइन् । 

कतिसम्म स्रोत नखुलेको सम्पत्तिको कति कर निर्धारण गर्ने र कुद हद भन्दा बढी भएमा सम्पत्ति जफत गर्ने भन्ने समेत संसोधन गरिएको थियो । 

यस्तै हुण्डीका विषयमा समेत सांसद श्रेष्ठले संसोधन पेश गरेकी थिइन् । हुण्डीका कारोबारका सञ्चालक र प्रयोगकर्तालाई छुट्टाछुट्टै कारवाहीको व्यवस्था प्रस्ताव गरेकी थिइन् ।

हुण्डी सञ्चालन गर्ने सञ्चालकलाई बिगो बराबरको रकममा थप ५० हजार देखि १ लाखसम्म जरिवाना र १ वर्षको कैद गर्नु पर्ने र हुण्डीका प्रयोगकर्ताहरूलाई वैदेशिक रोजगारी मार्फत आर्जित रकम नेपालमा रकम भित्राएको पाइएमा एक पटकका लागि आर्थिक साक्षरताको अनिवार्य तालिम लिन चेतावनी दिएर कसुर माफी गरिदिने र दोस्रो पटकबाट भने बिगो जफत गर्ने प्रस्ताव गरेकी थिइन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...