नेभिगेशन
मुख्य समाचार

सभापति शेरबहादुर देउवा निवासमा अत्यधिक पैसा भेटिएको समाचार कपोकल्पितः सचिवालय

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा जेनजी आन्दोलनका क्रममा अत्याधिक पैसा भेटिएको समाचारमा सत्यता नभएको दाबी उनको सचिवालयले गरेको छ ।

सभापति देउवाका निजी सचिव भानु देउवाको एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् । निवासमा अत्याधिक मात्रामा पैसा फेला परेको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसा लुकाउन सुरूङ्ग बनाएको जस्ता समाचार आइरहेको र ति सबै समाचार कपोकल्पित मात्रै भएको उनको दाबी छ । 

CG

जेनजी आन्दोलन र देउवको घरमा आक्रमण भएको ९ दिन पछि विज्ञप्ति जारी गर्दै स्वकीय सचिव देउवाले बदनाम गर्ने नियतले उक्त भ्रम फैलाइएको दाबी गरेका छन् । उनले विज्ञप्तिमा त्यस्ता भ्रामक सूचनाको पछि नलाग्न अनुरोध पनि गरेका छन् । 

‘विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याकी रहेको स्पष्ट गर्दछु,’ स्वकीय भानुले भनेका छन् ‘यस्तै, जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ ।’

यस्ताे छ विज्ञप्ति

Bhanu-deuwa-1758441321.jpeg


 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो...
आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ ।
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ ।
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...