नेभिगेशन
समाज

सभापति शेरबहादुर देउवा निवासमा अत्यधिक पैसा भेटिएको समाचार कपोकल्पितः सचिवालय

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा जेनजी आन्दोलनका क्रममा अत्याधिक पैसा भेटिएको समाचारमा सत्यता नभएको दाबी उनको सचिवालयले गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति देउवाका निजी सचिव भानु देउवाको एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् । निवासमा अत्याधिक मात्रामा पैसा फेला परेको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसा लुकाउन सुरूङ्ग बनाएको जस्ता समाचार आइरहेको र ति सबै समाचार कपोकल्पित मात्रै भएको उनको दाबी छ । 

Ncell
Extreme Energy

जेनजी आन्दोलन र देउवको घरमा आक्रमण भएको ९ दिन पछि विज्ञप्ति जारी गर्दै स्वकीय सचिव देउवाले बदनाम गर्ने नियतले उक्त भ्रम फैलाइएको दाबी गरेका छन् । उनले विज्ञप्तिमा त्यस्ता भ्रामक सूचनाको पछि नलाग्न अनुरोध पनि गरेका छन् । 

‘विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याकी रहेको स्पष्ट गर्दछु,’ स्वकीय भानुले भनेका छन् ‘यस्तै, जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ ।’

यस्ताे छ विज्ञप्ति

Bhanu-deuwa-1758441321.jpeg


 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै