नेभिगेशन
सबै कुरा
प्रिन्सिपल हत्या प्रकरण :

राधाको योजना : प्रेमीसँग मिलेर अर्का प्रेमीमाथि गोली प्रहार

बारा । कलैया उपमहानगरपालिका-६ मा रहेकाे बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले यस घटनामा मुख्य योजनाकारका रुपमा कलैया उपमहानगरपालिका ६ की २२ वर्षीया राधा गुप्तालाई सार्वजनिक गरेको छ । उनि स्वर्णकार प्रिन्सिपल रहेको बाल एकता स्कुलकी पूर्वलेखापाल हुन् । उनि र स्वर्णकारबिच विवाहेत्तर सम्बन्ध देखिएको छ भने भारतीय नागरिक मनाजे गुप्तासँग पनि तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेकी थिइन् । उनका दुवै प्रेम विवाहित हुन् । 

Ncell
Extreme Energy

उनलाई सहयोग गर्ने सोही विद्यालयमा वरिष्ठ लेखापालको भूमिकामा रहेका सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया रामपुरका २६ वर्षीय रियाज अंसारी पनि पक्राउ परेका छन्  ।

यस्तै उनिहरुको योजनाअनुसार प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गर्ने समुहका भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन् । 

उनिहरुको सूचना अनुसार गोली प्रहार गर्ने चार जना भने फरार रहेका छन् ।

भारत मोतिहारीका २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी छन् ।

उनीहरू गत सोमबार दिउँसो पौने १ बजे मदरसा टोलमा मोटरसाइकलमा आएर प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।