नेभिगेशन
सबै कुरा

सङ्क्रमणकालीन न्यायबारे देउवा र ओलीसँग सकारात्मक छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्याइने दावी गरेका छन् ।      

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्रीले उक्त विषयमा प्रमुख दलका नेताहरुसँगको छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिएका हुन् ।  

Ncell
Extreme Energy

आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूले छलफल गरेको र छलफल सकारात्मक रहेको आफूले महसुस गरेको प्रधानमन्त्री दाहालले बताए । उनले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन आफूहरु स्पष्ट रहेको बताए ।     

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर भएर कार्यसूचीका आधारमा एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताए ।  उनले सबैको लक्ष्य मुलुकको समृद्धि भएकाले साझा चासोको विषयमा केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत समाजका प्रतिष्ठित व्यक्तिको  सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।