नेभिगेशन
सबै कुरा

सांसद भएर भन्दा टेलिभिजनमा कार्यक्रम चलाउँदा धेरै काम गर्न सकेको थिएँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले सांसद भएर भन्दा टेलिभिजनका कार्यक्रम चलाउँदा जनताका लागि धेरै काम गर्न सकेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको विषयमाथि धारणा राख्ने क्रममा संसदको बजेट अधिवेशन सुरु भएयताको ६ महिनामा बजेट पारित गरेको र एउटा मात्र कानुन पास गरेको भन्दै उक्त अभिव्यक्ति दिएका हुन् । 

Ncell
Extreme Energy

‘६ महिनाको समय र करिब ६ करोड खर्चिएर यो सदनले मात्र एउटा कानुन पास गर्यो, यो भन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्थेँ ।’ उनले थपे, ‘नागरिकको समस्या सुल्झाउने काममा यो भन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ’

त्यस्तै उनले सत्ता स्वार्थको लागि मिल्न तयार हुने दलहरू पीडितलाई न्याय दिने शान्ति प्रक्रिया टुंग्याउन किन नमिलेको भन्दै प्रश्न समेत गरेका छन् ।

 ‘शान्ति प्रक्रियाको कुरा पनि चल्यो सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू विनाशर्त एकठाउँमा उभिएका देखेका छौं । कोशीमा हेर्दा त महागठबन्धन बनेको छ । ए, आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने । पीडितलाई न्याय दिने शान्ति प्रक्रियालाई के ले रोख्यो तपाईंहरूलाई ? कस्ले रोक्यो ? कहाँ रोक्यो ? हामी नयाँ दलले रु? ल बताउनुस् ।’ लामिछानेले भने, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार पीडितलाई मध्यनजर राखेर टुंग्याउनमा कसैले रोकेको छैन । रोकेको छ त यहाँहरूकै नियतले।’

त्यस्तै उनले शान्ति प्रक्रियालाई टुंग्याउन आफ्नो दलको तर्फबाट हुने सहयोग गर्न तयार रहेको समेत बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।