नेभिगेशन
मुख्य समाचार

‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’

कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले इतिहासमा पहिलोपटक नेपाली खेलकुदको बजेटको अङ्कमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् । 

सरकारले आगामी वर्ष २०८२/८३ का लागि बिहीबार सदनमा प्रस्तुत गरेको बजेट नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक रहेको उनले उल्लेख गरे । पोखरामा आज खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा सदस्यसचिव घिसिङले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिनुलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताए । 

CG

“इतिहासमै पहिलोपटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रूपमा लिनुपर्ने हुन्छ”, उनले भने  । सदस्यसचिव घिसिङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका लागि प्राथमिकता राखेर बजेट विनियोजन गरिएको जानकारी दिए । 

परिषद्को बजेट प्रस्ताव गर्दा क्रिकेटको उमेर समूहको वल्र्डकपका लागि समेत मध्यनजर गरी प्रस्ताव गरिएको उनले जानकारी दिए । “पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माणाधीन रहेको छ । यस रङ्गशालाका लागि तेब्बर बढाएर प्रस्ताव गरिएको छ । विस्तृृत बजेटको खाका आउँदा तपाईँहरूले थाहा पाउनुहुने छ”, सदस्यसचिवले भने । 

उनले उच्च पर्वतीय खेलमैदानका लागि पनि बजेट विनियोजन भएको जानकारी दिए। “प्रदेश र केन्द्रका साझेदारी प्रकृतिका कार्यक्रमसमेत राखेका छौँ । स्थानीय तहमार्फत कार्यान्वयन गर्नेगरी प्रस्ताव बजेटमा गरिएको छ” उनले भने ।

सदस्यसचिव घिसिङले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीमा गर्नेगरी १०औँ झण्डा हस्तान्तरण गरिएको भए पनि विविध कारणले तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन नसकेको बताए । दशौँ राष्ट्रिय खेलकुदका लागि पनि बजेट विनियोजन गरिएकाले आगामी वर्षमा प्रतियोगिता हुने उनले बताए । 

नेपाल सरकार, प्रदेश सरकार र अन्य सबै सरोकारवालाको समान बुझाइ राष्ट्रिय खेलकुदका सम्बन्धमा हुनुपर्ने र नेपाली खेलकुद प्रतियोगिता समयमै कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल हुनुपर्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएका हुन्...
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङको श्रमदान अभियान, ‘श्रम सेना’ले गरे धोबीखोला सरसफाइ (तस्बिरहरु)

धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङको श्रमदान अभियान, ‘श्रम सेना’ले गरे धोबीखोला सरसफाइ (तस्बिरहरु)

काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दाले सुरु गरेको सरसफाइ अभियानमा आफूहरू जोडिएको बताउँदै उनले हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको जानकारी दिए। यो अभियान कुनै राजनीतिक उद्देश्यका...
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

“हाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ”, भङ्गाहा–६ हतिसर्वा मजराका ५५ वर्षीय सुरेश सर्दारले भन्नुभयो । नदी...
सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ

सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ५०० कायम भएको छ ।

भर्खरै