नेभिगेशन
सबै कुरा

मुद्दा जितेपछि भारती भन्छिन्,‘सबै बिके अदालत बिकेन’(भिडियो)

नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगल भनिने योगराज ढकाललाई सर्वोच्चले पुनः कारागार पठाएपछि चेतन मानन्धरकी पत्नि भारती मानन्धरले सबै निकाय बिकेपनि अदालत नबिक्ने प्रमाणित भएको बताएकी छिन् । 

श्रीमानको हत्यारालाई राष्ट्रपतिले कैद मिनाहा गरेर उन्मुक्ति दिएपनि पीडितको पक्षमा अदालत भएको उनले बताइन् । सिधाकुरासँग कुराकानी गर्दै उनले भनिन्, ‘भलै सरकारको कुर्सि बिकेपनि नेपालको कानुन नबिक्ने रहेछ । हाम्रो नेपालको कानुन नमर्दो रहेछ । यो कुराले मलाई नेपालको कानुनप्रति गर्व लागेको छ ।’

CG

त्यस्तै आफूले दायर गरेको रिटमा आफूले न्याय पाउने आशा नभएको भएपनि अदालतले पीडितलाई हेरेर न्याय दिलाएको उनले बताएकी छिन् । ‘यो भन्दा पहिले म अदालत गएकै थिइनँ, मलाई अदालतको प्रक्रिया थाहा थिएन्् । अदालतमा भएका आनकानी र ढिलासुस्तीले गर्दा मलाई न्याय पाउनेमा आशा थिएन् । तर अन्त्यमा पीडितलाई अदालतले हेरिदिएको छ ।’, उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फास्ट ट्रयाकमा २०८३ भित्रै कुद्ला गाडी ? प्रगति ‘स्लो’ कि ‘फास्ट'

फास्ट ट्रयाकमा २०८३ भित्रै कुद्ला गाडी ? प्रगति ‘स्लो’ कि ‘फास्ट'

आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना...
नैतिकताको कसीमा केपी ओली

नैतिकताको कसीमा केपी ओली