नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जाँदै रवि लामिछाने (भिडियाेसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू र राष्ट्रिय स्वतन्त्र पार्टीको टिम स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित जिल्ला जाजरकोट जान लागेको बताएका छन्  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टीको तानसेन भेलालाई सम्बोधन गर्न पाल्पा पुगेका सभापति लामिछानेले फेसबुक लाइभ गरेर भूकम्पले देश रुवाइरहेको बेला आफूहरुले पनि भेलालाई स्थगित गरेर उपचार र उद्धारमा सहयोग गर्नका लागि जाजरकोट जाने बताएका हुन् । 

उनले आफू पाल्पामा रहेको र त्यहीँबाट जाजरकोट प्रस्थान गर्ने साथै रास्वपाका केन्द्रिय टिम स्वास्थ्यकर्मीको टिमसहित काठमाडौँबाट जाजरकोट प्रस्थान गर्ने तयारी रहेको उनले बताए । 

त्यस्तै उनले पार्टीका सदस्यहरुलाई समेत प्रशासनसँग सहकार्य गरेर उद्धार कार्यमा खट्न आग्रह गरेका छन्  । 

गयराती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि हालसम्म जाजरकोट र रुकुमपश्चिमका १२० बढीको मृत्यु भएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...