नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जाँदै रवि लामिछाने (भिडियाेसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू र राष्ट्रिय स्वतन्त्र पार्टीको टिम स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित जिल्ला जाजरकोट जान लागेको बताएका छन्  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टीको तानसेन भेलालाई सम्बोधन गर्न पाल्पा पुगेका सभापति लामिछानेले फेसबुक लाइभ गरेर भूकम्पले देश रुवाइरहेको बेला आफूहरुले पनि भेलालाई स्थगित गरेर उपचार र उद्धारमा सहयोग गर्नका लागि जाजरकोट जाने बताएका हुन् । 

उनले आफू पाल्पामा रहेको र त्यहीँबाट जाजरकोट प्रस्थान गर्ने साथै रास्वपाका केन्द्रिय टिम स्वास्थ्यकर्मीको टिमसहित काठमाडौँबाट जाजरकोट प्रस्थान गर्ने तयारी रहेको उनले बताए । 

त्यस्तै उनले पार्टीका सदस्यहरुलाई समेत प्रशासनसँग सहकार्य गरेर उद्धार कार्यमा खट्न आग्रह गरेका छन्  । 

गयराती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि हालसम्म जाजरकोट र रुकुमपश्चिमका १२० बढीको मृत्यु भएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।