नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

नेपाल एअरलाइन्सका सबै जहाज रुकुमकेन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

भूकम्पमा घाइतेहरुको उद्दार गर्न समस्या भएपछि नेपाल वायुसेवाका अन्य क्षेत्रका उडान रोकेर रुकुम पठाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेपाल एयरलाइन्सका जहाजलाई चौरजहारी विमानस्थलमा तयारी अवस्थामा रहन निर्देशन दिएका छन् भने घाइतेहरुलाई चौरजहारी विमानस्थलमा केन्द्रित गर्न सबै जिल्लाका सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् । 

Ncell
Extreme Energy

घाइतेहरुले जिल्लाका अस्पताल भरिभराउ भएर उपचारमा समस्या भएपछि उनीहरुलाई अन्य जिल्लामा लगेर उपचार गर्नका लागि नेपाल वायुसेवाका जहाज रुकुमकेन्द्रित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । 

प्रधानमन्त्रीको निर्देशनसँगै नेपाल एयरलाइन्सको नाइनएन एबीटी कलसाइनको जहाज रूकुम जान लागेको नेपाल वायुसेवा निगमले जनाएकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।