नेभिगेशन
सबै कुरा

जाजरकोट जानेलाई नयाँबसपार्कबाट निःशुल्क बससेवा

काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।

काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को बेलामा काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिमका जनतालाई सहज सेवा प्रदान गर्नका लागि निःशुल्क बसको व्यवस्था गरेको बताए । 

जाजरकोट जाने बस काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट आज बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले बताए। कम्पनीले दुःखद् अवस्थामा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा जान चाहने यात्रुले सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौँ– ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०,मुग्लिन(९८४५४७२३८४ दमौली ( ९८५६०८९१८० र ९८५६०३६६६४ र पोखरा( ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का...
जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

यस अघि आयोगले जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको विवरण माग गरेको थियो । प्रहरीले भने आन्दोलनको दिन आइजीपी देखि देशैभरका प्रही जवानसम्म सबै फिल्डमा खटिएका जवाफ पठाएको...
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।