नेभिगेशन
सबै कुरा

बाँकेमा उपचार गर्ने भूकम्पका घाइतेको सङ्ख्या ३८ पुग्यो

नेपालगन्ज । जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याइएको बिरामीको सङ्ख्या ३८ पुगेको छ ।

गए राति एम्बुलेन्सबाट थप छ  बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा ल्याइएसँगै बिरामीहरुको सङ्ख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । तीमध्ये दुई जना जाजरकोट भेरी नगरपालिका हुन् भने चार जना सानोभेरी रुकुमका हुन् ।

घाइतेहरूमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । यसअघि शनिबार एक जना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

भूकम्पमा गम्भीर घाइते भएका पाँच जनाको शल्यक्रिया सफल भएको जानकारी दिँदै प्रजिअ पोखरेलले सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिए । मृतकको शव आज जाजरकोट पठाइएको छ । 

अस्पतालमा बिरामी जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक रहेका छन् । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि भेरी अस्पताल बाँकेमा सार्ने तयारी भइरहेको बताइएको छ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा जनधनको क्षति भएको थियो । भूकम्पमा परी घाइते हुने सबैको निशुल्क उपचार गरिने मन्ीपरिषद्ले निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का...
जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

यस अघि आयोगले जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको विवरण माग गरेको थियो । प्रहरीले भने आन्दोलनको दिन आइजीपी देखि देशैभरका प्रही जवानसम्म सबै फिल्डमा खटिएका जवाफ पठाएको...
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।