नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

भूकम्पबाट अवरुद्ध सडक खुला

शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।

त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ । 

Global Ime Bank

राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिए। राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ,...
प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरे ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ? |