नेभिगेशन
सबै कुरा

मुस्ताङ र डोल्पा सडकले जोडियो

गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन्।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले चार वर्षको प्रयासमा मुस्ताङ र डोल्पा जोड्ने सडक मार्ग खोल्ने काम सकिएको जानकारी दिए। ‘मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा शनिबार पहिलो पटक ट्याक्टर आवतजावत गरेका छन्,’ उनले भने, ‘हप्तौं लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी अब एकै दिनमा आउन सक्नेछन्। घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ।’ 

Dish Home
Global Ime Bank

सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्त्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो।

करिब २० करोडको लगानीमा ५६ दशमलव पाँच किलोमिटर सडक मार्ग खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

गतवर्ष नयाँ ट्र्याक खोल्न मन्त्रालयले तीन करोड १७ लाख बजेट विनियोजन गरेको थियो। चालू आवमा नयाँ ट्र्याक खोल्न मन्त्रालयले दुई करोड बजेट छुट्याएको थियो। मुस्ताङ–डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्र्याक खोल्न सिखा इञ्जिनीयरिङ र पम्फा जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो।

समुद्रि सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाईमा भौगोलिक रुपमा विकट र दुर्गम याकखर्क क्षेत्रमा सडक निर्माण गरिएको हो। एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै याकखर्कको भिर छिचोलेर डोल्पाको सिमानामा सडक पुर्‍याइएको छ।

डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघिनै सडक निर्माण गरिएको थियो। उक्त सडकलाई आव २०७६/७७ मा ११ करोड तथा आव २०७५/७६ मा रु चार करोड बजेट विनियोजन गरिएको थियो। मुस्ताङका पूर्व सांसद प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताए। 

डोल्पा जोड्ने सडकको प्रवेश बिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा गत वर्ष एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२६ खर्ब ५४ अर्ब पुग्याे सार्वजनिक ऋण

२६ खर्ब ५४ अर्ब पुग्याे सार्वजनिक ऋण

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी कूल ऋण रू २६ खर्ब ५४ अर्ब ६८ करोड पुगेको छ । चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण...
जब अमरेश सिंहले बजेट नदिने हो भने जिल्लाहरूलाई लिजमा दिऊँ भने...

जब अमरेश सिंहले बजेट नदिने हो भने जिल्लाहरूलाई लिजमा दिऊँ भने...

त्यसपछि आफ्ना कुरा अगाडि बढाएका सांसद सिंहले सरकारले आफ्ना मन्त्री भएका जिल्लामा मात्रै बजेट थुपरेको अन्य जिल्ला शून्य रहेको भन्दै आक्रोश पोख्छन् । त्यस्तै बजेट दिन नसक्ने भए...
रास्वपाका तीन विभागमा प्रमुख तोकिए, कुन विभागको जिम्मेवारी कसलाई ?

रास्वपाका तीन विभागमा प्रमुख तोकिए, कुन विभागको जिम्मेवारी कसलाई ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमार्फत ६ बुँदे निर्णय गरेको छ। पार्टीले देशको पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण,...