नेभिगेशन
समाज
एएफसी एसियन कप छनोट

नेपालद्वारा श्रीलंका ८–० गोल अन्तरले पराजित

काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा भएको खेलमा नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गोल गरिन् । त्यस्तै गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे । 

Ncell
Extreme Energy

नेपालले पहिलो हाफमा ४ गोल गरेको हो भने दोस्रो हाफमा अर्को ४ गोल गरेको हो । 

नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । यता श्रीलङ्का भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो । 

अब शुक्रबार हुने खेलमा उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलको उद्घाटन समारोहमा प्रधानमन्त्री सहभागी हुने

एनपिएलको उद्घाटन समारोहमा प्रधानमन्त्री सहभागी हुने

प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव : प्रधानमन्त्री शाह

एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव भएको बताएका छन् ।
आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।