नेभिगेशन
सबै कुरा
ग्राउण्ड जिराे जाजरकाेट :

घरभित्र पुरिरएकी ७ वर्षिया जेनिशाको विदेशमा भएका बाबुलाई कल - ‘ड्याडी, भूइँचालो आयो, घर भत्किएर हामीलाई किच्यो’

जाजरकोटको सदरमुकाम खलंगा बजारभन्दा केही माथि छ माथिल्लो थाक्ले गाउँ । जहाँ शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले अधिकांश घर पूर्णरुपमा भत्किएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूकम्प गएको समयमा मोबाइलमा भिडियो हेरिरहेकी थिइन् ७ वर्षीया जेनिशा बुढा । एक्कासी घर हल्लियो । पल्लो खाटमा सुतिरहेकी उनकी आमा जेनिशालाई घरबाहिर निकाल्न हत्तपत्त उठेकी मात्र के थिइन् । एक्कासी घरको गारो भत्किएर उनलाई थिच्यो । 

Ncell
Extreme Energy


उनकी आमाको शरिरमाथि भत्किएकाे घरकाे इँटा थुप्रिएका कारण उनी चल्नै नसक्ने भइन् । उता जेनिशालाई समेत घरले किच्यो । भाग्यवस उनी भाटाहरुको टाँडमा परिन्, खुट्टा र शरिरका विभिन्न अंगहरुलाई घरले थिचेपनि उनको टाउको भने जोगियो । 

थिचिएर हलचल गर्सन मेत नसक्ने अवस्थामा पुगेकी उनलाई बचाउन काेही आएनन् । सबैका घर भत्किएका थिए । कतिको त मृत्यु भइसकेको थियो । सबैको रुवाबासी मच्चिएको थियो । सोही समयमा उनले आफूसँग भएको फोनले रोजगारीका लागि दुबई पुगेका उनका बाबुलाई कल गरिन् र भूकम्पले घर भत्काएर आफूहरुलाई थिचेको बताइन् । 

‘भूकम्प आउँदा हामी फिल्म हेरिरहेका थियौँ । गड्याङ्गुडुङ् गर्दै भूकम्प आयो । ममि पल्लो खाटबाट उठ्दै हुनुहुन्थ्यो । हामीलाई घरले थिचिहाल्यो ।’ उनले भनिन्, त्यसपछि मैले बाबालाई फोन गरेँर ड्याडि भूइँचालो आयो हामीलाई किच्यो भनेँ ।’

भूकम्प जानसाथ जिल्लाभरि नै नेटवर्कमा समस्या देखा पर्यो । उनले दुबईमा रहेका बाबुसँग राम्रोसँग कुरा गर्न सकिनन् । त्यसपछि गुहार माग्दै उनले खलंगा बजारमा बस्ने अंकललाई कल गरिन् । जेनिशाले कल गर्नासाथ हस्याफस्याङ गर्दै उकालो चढेका उनका अंकलले उनी र उनकी आमालाई मात्र उद्धार गरेनन् उनी आउनाले छिमेकीका धेरैले नयाँ जीवन पाए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...

भर्खरै