नेभिगेशन
सबै कुरा
ग्राउण्ड जिराे जाजरकाेट :

घरभित्र पुरिरएकी ७ वर्षिया जेनिशाको विदेशमा भएका बाबुलाई कल - ‘ड्याडी, भूइँचालो आयो, घर भत्किएर हामीलाई किच्यो’

जाजरकोटको सदरमुकाम खलंगा बजारभन्दा केही माथि छ माथिल्लो थाक्ले गाउँ । जहाँ शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले अधिकांश घर पूर्णरुपमा भत्किएका छन् । 

भूकम्प गएको समयमा मोबाइलमा भिडियो हेरिरहेकी थिइन् ७ वर्षीया जेनिशा बुढा । एक्कासी घर हल्लियो । पल्लो खाटमा सुतिरहेकी उनकी आमा जेनिशालाई घरबाहिर निकाल्न हत्तपत्त उठेकी मात्र के थिइन् । एक्कासी घरको गारो भत्किएर उनलाई थिच्यो । 


उनकी आमाको शरिरमाथि भत्किएकाे घरकाे इँटा थुप्रिएका कारण उनी चल्नै नसक्ने भइन् । उता जेनिशालाई समेत घरले किच्यो । भाग्यवस उनी भाटाहरुको टाँडमा परिन्, खुट्टा र शरिरका विभिन्न अंगहरुलाई घरले थिचेपनि उनको टाउको भने जोगियो । 

थिचिएर हलचल गर्सन मेत नसक्ने अवस्थामा पुगेकी उनलाई बचाउन काेही आएनन् । सबैका घर भत्किएका थिए । कतिको त मृत्यु भइसकेको थियो । सबैको रुवाबासी मच्चिएको थियो । सोही समयमा उनले आफूसँग भएको फोनले रोजगारीका लागि दुबई पुगेका उनका बाबुलाई कल गरिन् र भूकम्पले घर भत्काएर आफूहरुलाई थिचेको बताइन् । 

‘भूकम्प आउँदा हामी फिल्म हेरिरहेका थियौँ । गड्याङ्गुडुङ् गर्दै भूकम्प आयो । ममि पल्लो खाटबाट उठ्दै हुनुहुन्थ्यो । हामीलाई घरले थिचिहाल्यो ।’ उनले भनिन्, त्यसपछि मैले बाबालाई फोन गरेँर ड्याडि भूइँचालो आयो हामीलाई किच्यो भनेँ ।’

भूकम्प जानसाथ जिल्लाभरि नै नेटवर्कमा समस्या देखा पर्यो । उनले दुबईमा रहेका बाबुसँग राम्रोसँग कुरा गर्न सकिनन् । त्यसपछि गुहार माग्दै उनले खलंगा बजारमा बस्ने अंकललाई कल गरिन् । जेनिशाले कल गर्नासाथ हस्याफस्याङ गर्दै उकालो चढेका उनका अंकलले उनी र उनकी आमालाई मात्र उद्धार गरेनन् उनी आउनाले छिमेकीका धेरैले नयाँ जीवन पाए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

स्काउटले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम नतिरे जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी...
आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का...
जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

यस अघि आयोगले जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको विवरण माग गरेको थियो । प्रहरीले भने आन्दोलनको दिन आइजीपी देखि देशैभरका प्रही जवानसम्म सबै फिल्डमा खटिएका जवाफ पठाएको...
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...