नेभिगेशन
सबै कुरा

रुकुमपश्चिममा भूकम्पमा परी बर्दिया र रोल्पाका तीन जनाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कामको सिलसिला रुकुमपश्चिमको आठबीसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । 

Ncell
Extreme Energy

उनका अनुसार मृत्यु हुनेमा दुई जना बर्दियाका र एक जना रोल्पाका व्यक्ति हुन् । मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र बर्दियाकै ३६ वर्षीय अनिल विक रहेका छन् । उनीहरुको आठबीसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुमपूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । 

पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक रहेका थिए । रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...

भर्खरै