नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

'घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ' - भूकम्पपीडित

जाजरकाेट : चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै थिइन् । कान्छो छोरा साथमै सुतेको थियो भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“त्यत्तिकैमा अकस्मात घर हल्लियो । के भयो भन्ने थाहा नपाउँदै ठूलो आवाज आयो । छिनभरमै घर भत्कियो”, मीनाले सुनाइन्, “क्षणभरमै चारै जना घरभित्रै पुरियौँ ।” मीनाको टाउको दलिन मुनी परेकाले टाउकोमा चोट लाग्न पाएन । तर कान्छो छोरो र श्रीमान भने बेहोस अवस्थामा भेटिए। 

Ncell
Extreme Energy

“टाउकोमा चोट नलागेकाले मैले गुहार माग्न सके, जेठाजु आएर मलाई बचाउनुभयो । त्यसपछि दुई छोरा र श्रीमानलाई पुरिएको ठाउँबाट उद्धार गर्नुभयो”, भूकम्प जाँदाको अनुभव सुनाउँदै मीनाले भनिन्, “जेठो छोरालाई खासै केही नभए पनि कान्छो छोरा र श्रीमान भने उद्धार गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो ।”

उद्धार गरिएको दुई घण्टापछि मात्रै छोरो र श्रीमानको होस खुल्न दुई घण्टा लाग्यो । त्यसपछि उनीहरु दुवैलाई अस्पताल पठाएको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य बनेको उनको भनाइ छ ।

“त्यो हाम्रो मात्रै समस्या थिएन, भूकम्पले गाउँका सबै घरमा क्षति पु¥याएको थियो”, उनले भने, “त्यसलगत्तै प्रहरीलाई बोलाएर उद्धार सुरु गर्यौँ ।” भूकम्पमा जोगिए पनि यतिबेला आफू घरबिहीन भएको भन्दै बस्नका लागि समस्या भएको उनले गुनासो गरे । गाउँले सबै खुला चौरमा बस्न बाध्य भएको भन्दै उनले आफूहरुका लागि राहत सामग्री आएको जानकारी पाए भने अहिलेसम्म नपाएको गुनासो गरे ।

आठबिसकोट–१४ का पहलबहादुर विकको पीडा पनि मीनाको जस्तै छ । “हामी त भाग्यले बाच्यौँ, गाउँका केही भाइबहिनीलाई जोगाउन भने सकेनौँ”, पहलबहादुरले पीडा सुनाए, “धेरैलाई ज्यूँदै उद्धार गर्न भने सक्यौँ ।” उनका अनुसार रातिको समय भएकाले धेरै सुतेकै अवस्थामा पुरिए । कतिका हातखुट्टा भाँचिएका छन् भने कतिका शरीरमा चोटपटक लागेको उनले बताए। 

भूकम्पका कारण छेपारे टोलमा ३९ वटै घर क्षतिग्रस्त भएकाले बस्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ । “अहिले हामी सबै बाहिरै बस्न बाध्य छौँ । चिसोमा बालबालिका र गर्भवतीहरु कठाङ्ग्रिएका छन् । न ओड्ने कपडा छ, न खानका लागि गाँस नै छ”, उनले भने, “हिजो एउटा संस्थाका प्रतिनिधिले चाउचाउ दिनुभयो । त्यसबाहेक अहिलेसम्म कसैले सहयोग गरेको छैन ।” चिसो मौसम भएकाले रातको समयमा बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति समस्या परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

भूकम्पका कारण सोही गाउँका मानबहादुर मल्लको परिवारमा बज्रपात पर्यो । भूकम्पले घर ढलाएपछि छ जनाको परिवारमध्ये पाँच जनाको जीवितै उद्धार भए पनि १२ वर्षीय छोरी गुमाउनु पर्यो । “भत्किएको घर त फेरि बनाउन सकिएला तर छोरी गुमाउनु पर्यो”, गहभरी आँशु बगाउँदै मल्लले भने, “परिवारका सबैलाई चोटपटक लागेको छ । घाइते छोराको सुर्खेतमा उपचार भइरहेको छ ।”

सोही गाउँकै हीरा विकको माइतीको घर पनि पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । “दाईको घरमा आएकी थिएँ । त्यही बेला भूकम्पले घर भत्कायो । भदै बोल्न नसक्ने अवस्थामा च्यापिएका रहेछन् । कुटोले खोदलेर घाइते अवस्थामा उद्धार गर्न सकेँ । अहिले उपचार भइरहेको छ”, उनले भनिन् । विकले उद्धार सकिएको भन्दै अब सरकारले राहत र पुनःस्थापनामा ध्यान दिन माग गरिन् । 

छेपारे गाउँमा मात्रै भूकम्पमा परी ११ जनाको ज्यान गएको छ । सरकारले उद्धार सकिएकाले यतिबेला राहत वितरण सुरु गरिसकेको छ । सरकारले पहिले राहत वितरण र त्यसपछि पुनःस्थापनाको काम सुरु गर्ने बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...

भर्खरै